भर्खरै :

कैलाली घोडाघोडी नपामा पार्टी स्थापना दिवस

कैलाली घोडाघोडी नपामा पार्टी स्थापना दिवस

धनगढी, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं १० स्थित तुल्सीपुर शान्तिपुर गाउँमा स्थानीयको भेला गरियो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले वर्तमान सरकार पुँजीवादी भएकोले यो सरकारले गरीब कामदार जनताको हितमा सिन्को नभाँच्ने बताउनुभयो । उहाँले नेपाली युवाहरूलाई देश निर्माणकै लागि रोजगारी दिनुपर्नेमा सरकार र पुँजीवादी व्यवस्थाको विरोधमा सङ्घर्ष गर्ला भन्ने डरले वैदेशिक रोजगारीको नाउँमा विदेशमा बेचिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाजवादी व्यवस्थामा जनताका सबै आवश्यकता सरकारले पूरा गर्ने र देश र समाजको उन्नतिको लागि नागरिकले इमानदारीपूर्वक सेवा गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले बच्चा जन्मेदेखि नमरुञ्जेलसम्मको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले पार्टीको इतिहासबारे चर्चा गर्नुभयो । पार्टी स्थापना दिवसकै अवसरमा धनगढी नगरपालिका वडा नं १ धनगढी बजार, वडा नं २ कटान र टिल्केटार तथा वडा नं ४ बोराडाँडीमा पनि स्थानीयसँग छलफल गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *