अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
तिमी नभएको भए !
हिजोआज घरिघरि फर्केर हेर्छु
एक्लै बस्दा गम्भीर भई सोच्छु
५०–६० वर्ष अगाडिका घटना सम्झिन्छु !
५–६ दिन अगाडिका कुरा पनि कोट्याउँछु !
साँच्चै !
तिमी नभएको भए
भियतनाममा अमेरिकी क्रूर हमलाको विरोध
हुन्थ्यो या हुँदैनथ्यो
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त भन्ने हिम्मत गरेँ—
भियतनाम युद्ध बन्द गर !
अमेरिकी साम्राज्यवाद मुर्दावाद !
एक्लै बस्दा सोच्छु
तिमी नआएको भए
नेपालको कम्युनिस्ट आन्दोलनका खोटा विचारको कसले गथ्र्यो खण्डन ?
रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन कसले गथ्र्यो घोषणा ?
तर तिमी आयौ,
र त सैद्धान्तिक सङ्घर्षको शङ्खनाद भो
अवसरवादीहरूको सिंहासन डग्मगियो !
गर्वले छाती फुलाएर सम्झन्छु
तिमी नभएको भए
सुस्ता, कालापानी, लिम्पियाधुरा
नेपालीलाई दुख्थ्यो या दुख्दैनथ्यो
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त भन्ने हिम्मत गरेँ—
सुस्ता हाम्रै, कालापानी हाम्रै
लिपुलेक हाम्रै, लिम्पियाधुरा हाम्रै ।
तिमी नभएको भए,
कोशी, गण्डक, महाकाली, कर्णालीको विरह
नेपालीले बुझ्थे या बुझ्दैनथे
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त गगनभेदी नारा गुन्जियो—
नदी बेच्न पाइँदैन ! भारतीय दलाल मुर्दावाद !
भारतीय एकाधिकार पुँजी मुर्दावाद !
तिमी नभएको भए,
नागरिकता विधेयक सिक्किमीकरणको गलपासो हो
नेपालीले बुझ्थे या बुझ्दैनथे
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त सच्चाइ छताछुल्ल भो—
सिक्किमीकरणको षड्यन्त्र भो
फिजीकरणको चालबाजी हो !
तिमी नभएको भए,
एमसिसी, एसपिपीको तरवार नचाएको
नेपालीले देख्थे या देख्दैनथे
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त सदन–सडक थर्कमान भो—
एमसिसी देशघात हो
एसपिपी देशको काल हो !
तिमी नभएको भए,
इराक, सिरिया, युक्रेन, प्यालेस्टाइनका युद्धको विरोध
हुन्थ्यो या हुँदैनथ्यो
म भन्न सक्दिनँ
तर तिमी आयौ,
र त भन्ने हिम्मत गरेँ —
नरसंहार बन्द गर !
युद्धसरदार बाइडेन मुर्दावाद !
हो,
एक हूल देशद्रोहीहरू सिंहदरबार घुसिरहँदा
तिमी हतारहतार आयौ
एक हूल कपूतहरू बालुवाटार पसिरहँदा
तिमी हतारहतार आयौ
एक हूल पाखन्डहरू दूतावासमा शरण परिरहँदा
तिमी हतारहतार आयौ
एक्लै भए पनि आयौ, साहसका साथ आयौ
स्वच्छ भएर आयौ, सफा भएर आयौ
मौनता तोडेर आयौ, सन्नाटा चिरेर आयौ !
र त,
आज हाम्रो कोही छ, आशा बाँकी छ
हाम्रो थोरै भएनि इज्जत बाँकी छ
हाम्रो जर्जर नै सही, देश बाँकी छ !
तसर्थ,
तिमीलाई सच्चा देशभक्त नभनी कसलाई भनूँ ?
तिमीलाई सच्चा जनभक्त नभनी कसलाई भनूँ ?
तिमीलाई सच्चा कम्युनिस्ट नभनी कसलाई भनूँ ?
नेमकिपा
कैयौँले हेप्न खोजे
कैयौँले थिच्न !
तिनलाई के थाहा प्रहारले बढाउने प्रतिरोधको आयतन ?
कैयौँले तोड्न खोजे
कैयौँले फोड्न !
तिनलाई के थाहा यमराजले फोड्न नसक्ने हाडेओखरको शक्ति ?
कैयौँले रोक्न खोजे
कैयौँले छेक्न !
तिनलाई के थाहा कस्तो हुन्छ विचार–सिद्घान्तको तीब्रता ?
कैयौँले मेट्न खोजे
कैयौँले रेट्न !
तिनलाई के थाहा मनमनमा गढेको आस्थाको अर्थ ?
कैयौँले झुन्डाउन खोजे
कैयौँले लुकाउन
तिनलाई के थाहा मसानबाट समेत फर्कन्छ सच्चा क्रान्तिकारी ?
Leave a Reply