भर्खरै :

सहकारीको सिद्धान्त स्थानीय सदस्य हुने र कृषि, घरेलु र कुटीर व्यवसाय हुनुपर्ने

सहकारीको सिद्धान्त स्थानीय सदस्य हुने र कृषि, घरेलु र कुटीर व्यवसाय हुनुपर्ने

भक्तपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधिसभा सदस्य प्रेम सुवालसँग भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा आएको टोलीले भेट ग¥यो ।
टोलीले गएको पुस १४ गते जारी सहकारी अध्यादेशबाट जनताको बचत ठगीसम्बन्धी समस्या समाधान नहुने उल्लेख गर्दै सहकारी ठगी गर्नेहरूको सम्पत्ति तथा लगानी जफत गरी जनताको बचत फिर्ता गर्ने र समुदायमा आधारित सहकारी संस्थालाई प्रवद्र्धन गर्ने काम नभएको तर्फ सांसद सुवालको ध्यानाकर्षण गरायो ।
सांसद सुवालले सहकारीको सिद्धान्त स्थानीय जनता सदस्य हुने, कृषि, घरेलु तथा कुटीर व्यवसायलाई जोड दिने चर्चा गर्दै सरकार निर्मित ऐन नियम सहकारीको सिद्धान्तविपरीत हुँदा ठगी बढिरहेको बताउनुभयो ।
“देशको सामान्य अवस्थामा सरकारबाट अध्यादेश जारी हुनु संसद्लाई औचित्यहीन बनाउनु हो, संसद्वादी दलहरूमा सहकारी ठगी, ठेकेदार, म्यानपावर कम्पनी, बीमा ठग, अर्बपति र खर्बपतिहरू सांसद र मन्त्री हुँदा सामान्य जनतालाई दुःख भएको हो ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
अमेरिकामा दोस्रो पटक निर्वाचित राष्ट्रपति ट्रम्पले क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देशको आरोप लगाएको निन्दनीय हो, विश्व स्वास्थ्य सङ्गठन र जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणा मानवताविरुद्धको अपराध हुने भन्नुहुँदै सांसद सुवालले सहकारी संस्थाका सदस्यहरूलाई देश विदेशको राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
टोलीले सहकारी संस्थामा बचतको सीमा १० लाख तोकिएको, सञ्चालकमा दुई कार्यकालमात्र बस्न पाउने, एउटै सहकारीमा मात्र सदस्य हुन पाउने अध्यादेशको व्यवस्था तत्काललाई अव्यवहारिक भएको उल्लेख ग¥यो ।
सांसद सुवालले टोलीमा संलग्न सबैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको सहकारीसम्बन्धी पुस्तक ‘चिनियाँ जनकम्युन’ र आत्मनिर्भर र अर्थतन्त्र र आर्थिक विकास’ पुस्तक उपलब्ध गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *