हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १५ माघ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाइ कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सरससफाइ कार्यक्रम संस्कारको रूपमा विकास गर्दै आएको बताउँदै सरसफाइले भक्तपुर नगरलाई सुन्दर नगरकोे रूपमा परिचित गराउन सफल भएको चर्चा गर्नुभयो । उहाँले वर्तमान समयमा वातावरण प्रदूषण गर्ने प्रमुख कारक तत्व प्लास्टिकजन्य सामग्री रहेकोले यसलाई व्यवस्थित गर्नु सबै नगरवासीको कर्तव्य हो भन्नुभयो ।
भनपा ४ का वडाध्यक्ष एवं वातावरण समितिका सदस्य उपेन्द्र सुवालले पञ्चायत कालदेखि नै भक्तपुर नपाले सरसफाइलाई प्राथमिकता दिँदै आएको बताउँदै विश्व तापमान वृद्धि र वातावरण प्रदूषणका कारण हिमालमा हिउँ देखा नपरेको समेत जानकारी गराउनुभयो ।
भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले स्थानीय निर्वाचन, २०७९ को नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा विश्वविद्यालय स्थापना गर्न पहल गर्ने उल्लेख गरेअनुसार १०८ रोपनी परिसरमा ख्वप विश्वविद्यालय सञ्चालनको लागि भक्तपुर नगरपालिकाले नेपाल ट्रस्टसँग अनुरोध गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा १ का कार्यवाहक वडाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भक्तपुर नगरलाई स्वच्छ, सुन्दर ऐतिहासिक पर्यटकीय नगरको रूपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीहरू, विद्यालयका विद्यार्थीहरू र स्थानीय जनताको उत्साहजनक सहभागितामा थियो । संस्थागत सहभागिताअन्तर्गत सन्तति आधारभूत विद्यालय, उदय आधारभूत विद्यालय, ज्ञानविजय आधारिभूत विद्यालय, अक्फोर्ड प्राक्टिकल स्कूल, मोर्डन कलेज÷स्कूल, सूर्यविनायक इङ्गलिश स्कूल, सल्लाघारी तेक्वान्डो डोजाङ, नपली सिर्जना सेवा समाज परिवार, चोङ्गा गणेश सल्लाघारी महिला दिदीबहिनी समूह, चोङ्गा गणेश विकास संस्था, मुपुज्व सल्लाघारी टोल सुधार समिति, सल्लाघारी छिकोङ समूह, नपनी छिकोङ समूह रहेका थिए ।
Leave a Reply