भर्खरै :

चारदिने पावर प्वाइन्ट प्रशिक्षण तालिम

चारदिने पावर प्वाइन्ट प्रशिक्षण तालिम

भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ नगर समिति भक्तपुरको आयोजनामा बिहीबार महिला दिदी बहिनीलाई चारदिने पावर प्वाइन्ट प्रशिक्षण तालिम र महिला भेला सम्पन्न गरियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले तालिमबारे चर्चा गर्नुभएको थियो । सांसद सुवालले तालिम लिएर मात्र हुँदैन यसको निरन्तर अभ्यास गर्नुपर्ने कुरामा जोड दिनुभयो । महिलाहरूले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय राजनीति पनि बुझ्नु आवश्यक रहेको चर्चा गर्दै उहाँले कर्ममा विश्वास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
नेक्रामसङ्घ जिल्ला समितिका अध्यक्ष एवं प्रदेश सांसद सृजना संैजुले चीनले प्राविधिक क्षेत्रमा गरेको प्रगतिबारे बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले महिलाहरू सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रभा प्रजापति, लक्ष्मी हाडा र रन्जना सुवालले खोटा विचारलगायतका विषयवस्तुमा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
प्रशिक्षक उमेश दुवाललाई प्रमुख अतिथि प्रेम सुवालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
प्रशिक्षण तालिममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।
नगर समितिका अध्यक्ष रामेश्वरी कोजुले सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मन्जुमैया लाखाजुले पनि बोल्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रम माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *