भर्खरै :

कीर्तिपुरमा ‘श्रमिक’ पत्रिका अध्ययन गोष्ठी

कीर्तिपुरमा ‘श्रमिक’ पत्रिका अध्ययन गोष्ठी

कीर्तिपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टी कार्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अध्ययन गोष्ठी बुुधबार पाँगामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले बुधबार ‘श्रमिक’, ‘मजदुर’ र ‘अनलाइन मजदुर’को वार्षिकोत्सबारे जानकारी दिई पार्टी प्रकाशन र पत्रिका जनताबिच पु¥याउन सबै साथीहरू सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले गरेको सेवाबारे जानकारी दिँदै न्यूनतम शुल्कमा विशेषज्ञ स्वास्थ्य सेवाबाट लाभान्वित भएको बताउनुभयो । कार्यक्रममा हरिकुमार महर्जन र अविरमान महर्जनले श्रमिक र मजदुर दैनिक पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा ५१ औँ पार्टी स्थापना दिवस सोमबार कीर्तिपुरमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाको स्थापनाको आधार कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन पुस्तक र रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन पुस्तकमा प्रकाशित अभिलेखहरू भएको स्पस्ट पार्नुभयो । नेमकिपाले आफ्नो स्थापनाकालदेखि नै देश र जनताको निःस्वार्थप्रर्वक सेवा गरिरहेको उल्लेख गर्दै नेमकिपा नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रकाशस्तम्भको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले भारतसँग गरेको असमान सन्धिले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको, नेपालमा कम्युनिस्ट पार्टीको २००६ सालमा स्थापना भए पनि कम्युनिस्टको आचरणअनुसार काम नगरेको, किसान आन्दोलनलाई अगाडि नबढाएको, नेपालको कम्युनिस्ट आन्दोलनलाई उग्रवामपन्थी र दक्षिणपन्थी अवसरवादबाट जोगाउन नेमकिपा स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कीर्तिपुरका हरिकुमार महर्जन, कृष्णप्रसाद महर्जन, राजीव महर्जन, अविरमान महर्जन, विन्द्रा महर्जनले पनि पार्टी स्थापना दिवसबारे आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *