अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, १७ माघ । कतिपय नेपालीहरू संरा अमेरिकी सरकारले युक्रेनलाई हतियार बिक्री गरेर रुसविरुद्ध युद्ध गराएपछि नेपाल र बाँकी संसारका कतिपय देशलाई परेको मर्काबारे कम आकलन गर्छन् । कतिपय नेपालीहरू संरा अमेरिकी सरकारले युक्रेनलाई रुसविरुद्ध युद्ध गराएको स्पष्टसँग खोल्न चाहँदैनन् । कतिपय नेपालीहरू रुसले एकतर्फी युक्रेनमाथि आक्रमण गरेको गीत गाउँछन् ।
संरा अमेरिकाले युक्रेनलाई रुसविरुद्ध युद्ध गराएपछि नेपालमा गहुँको मूल्य बढेको सार्वजनिक भयो । रुस–युक्रेन द्वन्द्वका कारण ‘ब्ल्याक सी’ (कालो सागर) क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका देशहरूले भारतबाट गहुँ किन्न खोजिरहेको भारतीय सञ्चारमाध्यमहरू जनाएका थिए । भारतले पनि खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यात बन्देज ग¥यो ।
भारतले २०७९ वैशाखमा नेपालमा गहुँ निर्यात गर्न रोक लगाएको थियो । नेपालको खुद्रा व्यापार सङ्घका अनुसार २०७८ फागुनमा गहुँको मूल्य ५० र मैदा ५५ रूपैयाँ थियो । २०७८ चैतमा मूल्य बढेर गहुँ प्रतिकिलो ५५ र मैदा ६० रूपैयाँ पुग्यो । २०८१ माघसम्म आइपुग्दा गहुँको मूल्य बढेर ७५ र मैदा रु. एक सयसम्म पुग्यो । नेपाल सरकारले भारतमा गहुँ आयात अनुमतिको लागि निकै अनुरोध गरेपछि हालै प्राप्त ग¥यो । २०७८ फागुनयता संरा अमेरिकाले रुसविरुद्ध युद्ध गराएपछि गहुँको मूल्य बढ्न थाल्यो । रुस र युक्रेन विश्वका धेरै गहुँ उत्पादन हुने देश हुन् ।
नेपाल सरकारले करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएपछि खाद्य उत्पादन घट्यो । नेपालको गहुँ उत्पादनले तीन महिना पनि धान्दैन । केही समयअगाडि नेपाललाई ८०० मेट्रिक टन धान उत्पादन नपुग्ने सार्वजनिक भएको थियो ।
सरकारले १२ कक्षा उत्तीर्ण नेपाली विद्यार्थीलाई विदेशमा पढ्न पठाउँदै छ । परिणाम नेपालका ५०० भन्दा बढी कलेजमा विद्यार्थी नभएर बन्द हुँदै छन् ।
विदेश पढ्न गएका विद्यार्थीको लागि नेपाली अभिभावकले घर खेत बन्धक र बेचबिखन गरी पछिल्लो ६ महिनामा ४३ अर्ब रूपैयाँ बढी जोहो गर्नुप¥यो ।
देशको कहालिलाग्दो अवस्थामा नेका र एमालेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरू नेपाल समृद्ध र नेपाली सुखी नभएको नदेख्नेहरू अन्धा र बहिरा हुने आरोप लगाउँदै छन् ।
Leave a Reply