अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो,पोर्टबल र कसिमला पाँय् खेलको नतिजा खोखो खेल
- मंसिर २७, २०८२

भक्तपुर, १७ माघ । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा खेलकुद उपसमितिको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता बुधबारबाट सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले गर्नुभएको थियो ।
उहाँले खेलकुद प्रतियोगिताहरू शारीरिक व्यायामका साथै स्वस्थ जीवनका लागि हुनुपर्छ भन्नुभयो । प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूले राष्ट्रको नाम उँचो राख्न सक्ने गरी अगाडि बढ्नुपर्नेमा प्रकाश पार्दै उहाँले नेमकिपाकै अगुवाइमा भक्तपुरबाट भ्रष्टाचारविरोधी आन्दोलन, भर्पाई आन्दोलन, साँढे धपाउने आन्दोलन सञ्चालन गरेको र किसानहरूको मोहियानी हक लागु गर्न सामन्तहरूसँग गरेको सङ्घर्षबारे प्रस्ट पार्नुभयो ।
उहाँले नेमकिपाको प्रमुख उद्देश्य माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अङ्गीकार गर्दै देशमा समाजवादी व्यवस्था ल्याउने हो भन्नुभयो ।
नेमकिपा २ नम्बर वडा एकाइ समितिका अध्यक्ष रत्नकाजी नायोभारीले खेलाडीहरू अनुशासित भई खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले सहकारी संस्थाले बचत र ऋण कारोबारबाहेक सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता र तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
संस्थाका सचिव कृष्णप्रसाद सुवालले टेबलटेनिस खेलको इतिहास र खेलकुदको आवश्यकता तथा महत्वबारे प्रकाश पार्नुभयो । टेबलटेनिस खेलका रेफ्री अन्जु सुवाललाई प्रमुख अतिथि बासुकलाले खेलकुद सामग्री हस्तान्तरण गरी शुभारम्भ गरिएको उक्त प्रतियोगिताको औपचारिक कार्यक्रम आयोजक समितिका संयोजक प्रकाश सुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply