अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १७ माघ । “नेपालमा कम्युनिस्ट आन्दोलनको बीउ जोगाउनकै लागि नेमकिपाको स्थापना भएको हो ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ भनपा ७ गोमारी समितिद्वारा आयोजित विचार गोष्ठीमा बुधबार बताउनुभएको थियो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलनले दिशाबोध गर्न नसक्ने स्थितिमा पुगेपछि अध्यक्ष रोहितले सैद्धान्तिक बहस गरी नेपालमा कम्युनिस्ट पार्टी र आन्दोलनको बीउ जोगाउनकै लागि नेमकिपाको स्थापना गर्नुभएको बताउनुभयो । कम्युनिस्टको नक्कली खोल ओढेर अरुको सीता खाएर ठुला बनेका पार्टीहरूदेखि सावधान रहन आग्रह गर्दै उहाँले देशलाई जोगाउनु हरेक सच्चा कम्युनिस्टहरूको कर्तव्य हो भन्नुभयो । उहाँले हाम्रो मौलिक संस्कृति संरक्षणको कार्य भइरहेको स्पष्ट पार्दै यसलाई नयाँपुस्तामा पुस्तान्तरण गर्ने कार्य पनि गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ७ गोमारीका अध्यक्ष बलराम गोसाईले नेमकिपाको सैद्धान्तिक आधारहरू नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरू, रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल–भारत सम्बन्ध र भारत भन्ने पुस्तकहरूमा प्रस्ट पारेको बताउँदै वर्ग शत्रु र वर्ग मित्र, कम्युनिस्ट पार्टीको कार्यक्रम आदिबारे हरेक कार्यकर्ताहरू प्रस्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मण तचामोको सभापतित्वमा भएको उक्त कार्यक्रममा भुवन गोसाई र नारायणप्रसाद मचामसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply