भर्खरै :

पार्टी स्थापना दिवसमा कसिमला पाँय् प्रतियोगिता

पार्टी स्थापना दिवसमा कसिमला पाँय् प्रतियोगिता

भक्तपुर, १७ माघ । नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ १ वडा एकाइ समितिको आयोजनामा नगरस्तरीय कसिमला पाँय् प्रतियोगिता सम्पन्न गरियो ।
कार्यक्रम उद्घाटन समारोहका प्रमुख अतिथि एवं नेक्राकिसङ्घका भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले खेल अनुशासित ढङ्गले खेल्नुपर्छ भन्नुभयो । नेमकिपाको उद्देश्य देशभक्तिपूर्ण भावना जागृत गर्नु रहेको उल्लेख गर्दै नेकाले गण्डक सम्झौता ग¥यो† एमाओवादी र एमालेले महाकाली सम्झौता गरेको बताउनुभयो । विदेशीलाई नागरिकता दिने, एमसीसी पास गरेर अमेरिकी सेना नेपालमा भित्याउने काममा शासकहरूले सही गरेको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले टोल–टोलमा उमेर पुगेका वडावासीहरूलाई छिकोङ व्यायाम गरिरहेको बताउनुभयो । परम्परागत खेलको ज्ञान, सीपको विषयमा गएको भक्तपुर महोत्सवको अवसरमा प्रदर्शन भएको पनि उहाँले बताउनुभयो ।
नेमकिपा वडा नं १ पार्टी समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले पार्टी स्थापनामा किसान आन्दोलन र सङ्घर्षको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
बहुमत किसानहरूको हक हितको निम्ति बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हकको निम्ति सङ्घर्ष भएको उहाँले बताउनुभयो । नेक्राकिसङ्घ वडा एकाइ समितिका अध्यक्ष पुण्यराम बाइजूको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा लक्ष्मीसुन्दर सुवालले पनि मन्तव्य राख्नुभयो ।
कार्यक्रममा कसिमला पाँय् भक्तपुर जिल्ला संयोजक रोशनराज तुईतुईले खेलको नियमबारे प्रस्ट पार्नुभयो । खेलमा २८ जना खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा ३२ वर्षदेखि ९५ वर्षका व्यक्तिहरूले भाग दिएका थिए ।
प्रतियोगितामा कृष्णप्रसाद बासी (भनपा–९) र गणेशलाल कोजू (भनपा–१) तेस्रो, राजुप्रसाद ज्याख्व (भनपा–९) दोस्रो र राजभाइ जधारी (भनपा–५) प्रथम हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *