अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
उदयपुर, १८ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई उदयपुर जिल्ला गाईघाटको त्रियुगाा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शुक्रबार स्वागत गर्नुभयो ।
नगर प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा दुई स्थानीय तहबिच आवश्यक समन्वय र सहकार्यबारे अनुभव आदानप्रदान भयो ।
प्रमुख प्रजापतिले विभिन्न स्थानीय तहहरूको अध्ययन भ्रमण तथा अनुभव आदानप्रदानको सिलसिलामा गाईघाट पुगेको बताउँदै यस्ता अनुभव आदानप्रदानले जनप्रतिनिधिहरू अझ परिष्कृत भएर अगाडि बढ्ने प्रेरणा मिल्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर यहाँको विकास निर्माणमा जोड दिँदै आएको बताउँदै प्रजातन्त्रको जग बलियो बनाउन सरकारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई नेपालको संविधान र सङ्घीयताको भावना र मर्मअनुसार काम गर्नुुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले खोज तथा अनुसन्धान र सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य राखेको बताउँदै उहाँले नेपाल मजदुर किसान पार्टीको नेतृत्वको दूरदर्शी सोचका कारण भक्तपुर नगरपालिकाले जनताको हितमा कामहरू गरिरहेको बताउनुभयो ।
उच्च शिक्षा अध्ययनपश्चात् रोजगारी नपाउने, विश्वविद्यालयमा बन्द हडताल र परीक्षा समयमा नहुँदा युवा विद्यार्थीहरू विदेशिन बाध्य बनिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि शैक्षिक ऋण र छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिलाई स्वागत गर्दै त्रियुगा नपाका प्रमुख वसन्तकुमार बस्नेतले भक्तपुरका नगर प्रमुखसहितको टोलीलाई त्रियुगा नपामा स्वागत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै स्थानीय तहबिचको अनुभव आदानप्रदानले एकापसमा सहयोगको पनि आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
साढे ३ लाख जनसङ्ख्या बसोबास रहेको त्रियुगा नगरपालिकाले पनि शिक्षा, स्वास्थ्य, सरसफाइलगायतको क्षेत्रमा भक्तपुरजस्तै बनाउने रहर यहाँका नागरिकहरूको चाहना रहेको उहाँले बताउनुभयो ।
प्रमुख बस्नेतले त्रियुगाले कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको,विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको बताउँदै नगरपालिकाले प्रदेशअन्तर्गत सञ्चालित जिल्ला अस्पताललाई पाँचवटा डाइलासिस मेसिन प्रदान गरिसकेको र थप पाँचवटा मेसिन सहयोगको लागि पहल गर्दै आएको बताउनुभयो ।
त्रियुगाले आफ्नै नगर अस्पताल सञ्चालन गर्दै आइरहेको अवगत गराउँदै उहाँले नपाले ३२ करोडको राजस्व सङ्कलन गर्ने लक्ष्य लिए पनि वार्षिक १२.१३ करोड मात्र राजस्व सङ्कलन हुने गरेको सोही क्रममा बताउनुभयो ।
२०५३ सालमै नगरपालिकाका घोषणा भएको त्रियुगाले उल्लेख्य विकास निर्माणको काम अगाडि बढाउन नसकेको बताउँदै प्रमुख बस्नेतले त्रियुगााका जनप्रतिनिधि छिट्टै भक्तपुर नगरपालिकाको अध्ययन भ्रमणमा आउने तयारीमा रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगर प्रमुख बस्नेतलाई भक्तपुर नपाको आयोजनामा २०८१ चैत २३,२४,२५,२६ गते सम्म हुने अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागिताको लागि पत्र हस्तान्तरण गर्नुभयो । प्रमुख प्रजापतिले उहाँलाई नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
Leave a Reply