भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
दैलेख, १८ माघ । नेमकिपा चामुण्डा विन्द्रासैनी वडा नं. ७ को आयोजनामा पार्टीको ५१ औँ स्थापना दिवस पाल्ताडामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पार्टी स्थापनाका आधारहरूबारे चर्चा गर्दै पार्टी कार्यकर्ताहरू सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले असल कार्यकर्ता पार्टीको खम्बा हुनसक्ने उल्लेख गर्दै शासक पार्टीका असक्षमताका कारण देश आजको स्थितिमा आएको बताउनुभयो ।
उहाँले अपराधीहरू राजनीतिमा सक्रिय हुने भएकाले देश बर्बाद हुँदै आएको प्रस्ट पार्दै निःस्वार्थरूपमा राजनीति गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजंग शाहीले हरेक कार्यकर्ताले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिका अध्यक्ष निरक शाही, पार्टी जिल्ला समिति सदस्यहरू केसेन्द्र कार्की, धनकुमारी शाही, इन्द्रप्रसाद चौलागाई र नेक्राशिसङ्घका दीपक शाहीले पनि पार्टी स्थापना दिवसको सम्बन्धमा चर्चा गर्नुभएको थियो । शिवराज चौलागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धर्मप्रसाद चौलागाईले पनि बोल्नुभएको थियो ।
त्यस्तै, पार्टी स्थापना दिवसकै अवसरमा चामुण्डा विन्द्रासैनी नपा वडा नं. ७ को कर्णाली जनचेतना आधारभूत विद्यालयमा नेमकिपाले श्रम शिविर सम्पन्न ग¥यो । शिविरबाट प्राप्त रकम विद्यालयको हितमा प्रयोग हुने सुझावसहित शिविर सम्पन्न भयो ।
Leave a Reply