भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ पार्टी स्थापना दिवसको अवसरमा भिन्तुना बचत तथा ऋण सहकारी लि.ले भक्तपुर नगरव्यापी टेबुलटेनिस प्रतियोगिताको आयोजना माघ १६ गतेदेखि १८ गतेसम्म बेखाल टेबुलटेनिस कभर्डहलमा सम्पन्न ग¥यो ।
प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रमाणपत्र र मेडल वितरण गर्दै भक्तपुर नगर खेलकुद समितिका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले नेमकिपाले स्थापनाकालदेखि निःस्वार्थपूर्वक देश र जनताको लागि काम गर्दै आएको बताउनुभयो । नेमकिपाका इमानदार नेता कार्यकर्ताकै कारण शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइमा भक्तपुरले नतिजा देखिनेगरी काम गर्न सफल भएको उहाँले बताउनुभयो ।
नेमकिपा वडा नं. २ का अध्यक्ष रत्नकाजी नातरी, भक्तपुर नगरपालिका युवा खेलकुद समितिका सदस्य रामसुन्दर बासी, भिन्तुना बचतका अध्यक्ष कृष्णगोविन्द सुवाल, कोषाध्यक्ष गणेशप्रसाद सुवाल र सदस्य चञ्चल सुवालले प्रतियोगितामा विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रा टीम त्ेन्टमा प्रभात ई.से. स्कूल प्रथम, लर्नस एकेडेमी द्वितीय र प्रोक्सिमा इन्टरनेसनल एकेडेमी र जेन्यूइन ई. से. स्कूल संयुक्तरूपमा तृतीय हुन सफल भए । त्यसैगरी, छात्र टीम त्ेन्टमा बासु मावि प्रथम, प्रभात ई.से. स्कूल द्वितीय र एभरेस्ट ई. से. स्कूल र द राइजिङ ई. स्कूल संयुक्तरूपमा तृतीय हुन सफल भए ।
छात्र एकल प्रतियोगितामा द राइजिङ स्कूलका निशान रञ्जितकार प्रथम, प्रोक्सिमा एकेडेमीका रिजन ख्याजू द्वितीय र प्रभात स्कूलका सफल सुवाल र प्रोक्सिमा एकेडेमीकै नयन लालुवा तृतीय हुन सफल भए । छात्र एकल प्रतियोगितामा प्रभात स्कूलका खेलाडीहरू उरबि सुवाल प्रथम, रेश्ना कोजु द्वितीय र कलशा सितिखु र सेफिना कोजू तृतीय हुन सफल भइन् ।
Leave a Reply