भर्खरै :

मानव जातिको हितको लागि सामाजिकीकरण जरूरी

मानव जातिको हितको लागि सामाजिकीकरण जरूरी

भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिले चारदिने पुस्तक अध्ययन गोष्ठी सम्पन्न गरेको छ । माघ १६ गते सुरू भएको गोष्ठीमा ‘समाज विकासको झलक’ र ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ पुस्तकको अध्ययन गोष्ठी शनिबार सम्पन्न भएको हो ।
शनिबार सम्पन्न समापनमा नेमकिपाका सचिव प्रेम सुवालले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने राजनीतिलाई सर्वसाधारण जनतासम्म पु¥याउन नेमकिपा स्थापना भएको बताउनुभयो ।
शिक्षक–शिक्षिकाहरू बुद्धिजीवीहरूसमेत भएको हुँदा राष्ट्रिय – अन्तर्राष्ट्रिय विषय देश र जनताको हित हुने गरी विश्लेषण गरी नयाँ पुस्तालाई तयार गर्न लागिपर्नुपर्ने जरूरी भएको उल्लेख गर्दै सचिव सुवालले सामाजिकीकरणले शोषणको विरोध तथा व्यापक जनताको हित गर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरणको पक्षमा लाग्नु देश र जनताको निःस्वार्थपूर्वक सेवालाई आत्मसात गर्नु हो । केही व्यक्तिको हातमा देशको स्रोत–साधन कब्जामा दिनु निजीकरण वा पुँजीवाद हो । पुँजीवादले शोषणलाई कानुनी बनाउँछ भने यसले व्यापक जनताको हित गर्दैन ।”
“उत्पादनका साधन र सेवामा व्यक्तिगत स्वामित्वसँगै वर्गीय समाज सुरू भएको हो । अहिले उत्तरी गोलाद्र्धका धनी देशमा रहेका २० प्रतिशत जनसङ्ख्यासँग संसारका ८० प्रतिशत सम्पत्ति कब्जामा रहेको छ । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार सङ्गठनले धनी देशहरूको हित हेरेका छन्”, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपति पदमा दोस्रो कार्यकाल सुरू गरेका ट्रम्पले क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देश’ आरोप लगाउनु अमानवीय नाकाबन्दी पुनः कायम गर्नु हो । यसको विरोध गर्नु आवश्यक छ । ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन र जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेको पनि मानव जातिको हितविपरीत हो ।”
बीआरआई र ब्रिक्स मानव जातिको साझा हितको लागि अगाडि बढेको विकास परियोजना भएको तर एमसीसी अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने देशघाती सम्झौता भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रत्येक दिन साँझ दुई घण्टा सञ्चालन भएको गोष्ठीका ८ वटा सत्रमा जम्मा १५ वटा प्रस्तुति राखिएका थिए । प्रत्येक दिन एकएक जना विशेष अतिथि वक्ताले मन्तव्य राख्नुभएको थियो ।
विशेष अतिथि वक्तामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई, उकेश कवांसमेत हुनुहुन्थ्यो । शिक्षकहरू चक्रबहादुर चाकतु, उद्धव सुजखू, हिमालयश्वर मूल, लक्ष्मीनारायण दुवालले मानव समाजको विकाससम्बन्धी सत्रको अध्यक्षता गर्नुभएको थियो । त्यस्तै नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, गणेशराम थुसा, कृष्णप्रसाद धन्छा, विश्वनाथ प्रजापति, राजाराम छुकां, अम्बिका न्याइच्याईले ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ पुस्तकसम्बन्धी प्रस्तुतिको अध्यक्षता गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरू टीना शिल्पकार, सुमन धौबञ्जार, अम्बर दलीश्रेष्ठ, राज्यश्वरी गाइजू, प्रेमलक्ष्मी त्वायना, उत्तम सेजुवाल, सुनिता घटुवा, घनश्याम खड्का, शिवराम बोहजू, कृष्णगोपाल आचार्य, पुनेन्द्र कुसी, कृष्णराम सुलु, रूपकेशरी उलक, कृष्णप्रसाद सुवाल र तुल्सी कठायतलगायतले विभिन्न विषयमा प्रस्तुति राख्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद दुमरूका अनुसार कार्यक्रममा गणेशराम थुसा, प्रकाश गोसाई, रत्नप्रसाद फैजू, दीपक माक, राजन लाखाजू, जगनाथ सुजखू, राकेश सुकुपायो, रोशनराज तुइतुईलगायतले टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *