ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
बाग्लुङ, १९ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा बाग्लुङ, ढोरपाटन–१, बुर्तीवाङमा पार्टीप्रति आस्था राख्ने युवा–कार्यकर्ताहरूको भेला एवं छलफल कार्यक्रम शुक्रबार भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले युवाहरू देशको मेरूदण्ड भएकाले युवाहरू गलत बाटोमा नलागी देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा कामदारवर्गको नेतृत्वमा शासन हुने समाजवादी गणतन्त्र प्राप्तिको लागि सङ्घर्षरत छ । शासक दलहरूले देशको सार्वभौमिकता विदेशीको हातमा सुम्पन्न खोजेको हुँदा युवाहरू सचेत हुनु जरूरी छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले नेमकिपाले स्थापनाकालदेखि संशोधनवादविरुद्ध सङ्घर्ष गर्दै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरूद्ध जनतालाई राजनीतिकरूपमा सचेत गर्दै आएको बताउनुभयो ।
नेमकिपाको आठौँ महाधिवेशन फागुन १६–१९ गते काठमाडौँमा हुने जानकारी गराउँदै सम्मेलन सफल पार्न र सम्मेलनमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
छलफलको क्रममा स्थानीय युवाहरूले दसवर्षे द्वन्द्वको बेला नेकपा माओवादीले जनतालाई दिएको आश्वासनविपरीत पुँजीपतिवर्गको सेवा गरेको, रूकुमबाट जनताको मत लिएर भ्रष्टाचार गरी काठमाडौँमा महल बनाएको, स्वदेशमै रोजगारीको बन्दोबस्त नहुँदा गाउँ युवाविहीन हुँदै गएको गुनासो पोख्नुभएको थियो ।
Leave a Reply