फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसरमा सी.टी.एल. को मजदुर आन्दोलन विषयमा अन्तरक्रिया कार्यक्रम शुक्रबार भयो ।
सीटीएल औषधि उद्योग प्राङ्गणमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले देशमा कम्युनिस्ट पार्टीको सरकार भए पनि जनताको हितमा काम नभएको बताउनुभयो ।
रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन, नेपाल–भारत सम्बन्ध र भारत, किसान आन्दोलनलगायत विषयमा मतभेदका कारण नेपाल मजदुर किसान पार्टीको स्थापना भएको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक जनताको सेवा गरिरहेका छन् भन्नुभयो ।
अधिवक्ता विकल प्रजापतिले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा नेमकिपाको सैद्धान्तिक आधार भएको तथा सिद्धान्त, दृढ अडान र सदाचारितामा नेमकिपा प्रकाशस्तम्भको रूपमा रहेको स्पष्ट पार्नुभयो ।
सीटीएल मजदुर आन्दोलनका विभिन्न पक्षमा चर्चा गर्दै अधिवक्ता प्रजापतिले करिब १२ वर्षअघिको घटनाबारे प्रकाशित पुस्तकको महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रमका सभापति एवं नेक्रामसङ्घ सीटीएल एकाइ समितिका अध्यक्ष कृष्णहरि आगञ्जाले पार्टीको भूमिका र सीटीएल मजदुर आन्दोलनमा मजदुर सङ्घको योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा राजकुमार लिबीलगायतले सीटीएल मजदुर आन्दोलन पुस्तकका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।
Leave a Reply