भर्खरै :

नेमकिपा नेपाली राजनीतिको प्रकाशस्तम्भ

नेमकिपा नेपाली राजनीतिको प्रकाशस्तम्भ

भक्तपुर, १९ माघ । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा नेमकिपाको ५१ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ल्ला समितिका उपाध्यक्ष राजकुमार लघुले पार्टी स्थापना दिवसको आधारबारे चर्चा गर्दै नेपाल मजदुर किसान पार्टी नेपाली राजनीतिको प्रकाशस्तम्भ हो भन्नुभयो ।
नेक्रायुसङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष एलएन लिगलले उदारवादको सधैँ विरोध गर्नुपर्छ भन्नुभयो ।
नेक्रायुसङ्घ चाँगुनारायण नगर समिति सचिव सरोज दुलालले नेमकिपा किसानको जगमा उभिएको पार्टी हो भन्दै देशको सार्वभौमिकता जोगाउने कार्यमा अग्र मोर्चामा सङ्घर्षरत छ भन्नुभयो ।
कार्यक्रममा युवा कार्यकर्ताबिच अन्तरक्रिया भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *