भर्खरै :

‘छ्यौ श’ पत्रिकामा सी चिनफिङको लेख प्रकाशित

‘छ्यौ श’ पत्रिकामा सी चिनफिङको लेख प्रकाशित

पेइचिङ, १ फेब्रअुरी (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सन् २०१६ डिसेम्बर १२ तारिख पहिलो राष्ट्रिय सभ्य परिवारका प्रतिनिधिहरूसँग भेट–वार्ता गर्दै दिनुभएको भाषणमध्ये ‘परिवार, पारिवारिक शिक्षा र पारिवारिक शैलीमाथि महत्व दिनुपर्छ’ शीर्षकको विषय ‘छ्यौ श’ अथवा ‘वास्तविकता खोजी’ पत्रिकामा प्रकाशित हुनेछ ।
उक्त लेखका अनुसार, चिनियाँ जातिले सधैँ परिवारमाथि महत्व दिँदैआएको छ । समाजको लागि परिवारको जीवन अपूरणीय हुन्छ, परिवारको सामाजिक कार्य अपूरणीय हुन्छ र परिवारको सभ्य भूमिका अपूरणीय हुन्छ ।
सबैले परिवारमाथि महत्व दिने आशा गरिएको छ । परिवार समाजको सेल हो । परिवारको भविष्य र भाग्य मुलुक तथा राष्ट्रको भविष्य र भाग्यसँग घनिष्टरूपमा जोडिएको हुन्छ । परिवारहरूले आफ्नो परिवारप्रति माया र देशभक्तिका लागि प्रेमलाई एकीकृत गर्नुपर्छ । पारिवारिक सपना साकार पार्नको लागि राष्ट्रिय सपनामा एकीकृत गर्नुपर्छ । जसबाट चिनियाँ राष्ट्रको महान पुनत्र्थानको चिनियाँ सपना साकार गर्न शक्ति सङ्कलन गरिनेछ ।
उक्त लेखका अनुसार, सबैले पारिवारिक शिक्षामाथि महत्व दिनुपर्ने आशा गरिएको छ । परिवार जीवनको पहिलो कक्षा हो र आमाबाबु बच्चाको पहिलो शिक्षक हुन् । सानैदेखि आमाबाबु र अभिभावकले राम्रो नैतिक मान्यता बच्चालाई सिकाउनुपर्छ ।
उक्त लेखका अनुसार, सबैले पारिवारिक शैलीमाथि महत्व दिनुपर्ने आशा गरिएको छ । पारिवारिक शैली सामाजिक वातावरणको महत्वपूर्ण भाग हो । परिवारहरूले असल पारिवारिक शैलीको विकास गरेर दसौँ लाख परिवारको राम्रो पारिवारिक शैलीमार्फत् समाजको राम्रो वातावरणलाई समर्थन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *