भर्खरै :

यक्षश्वर मन्दिर पुनःनिर्माणमा चरम लापरबाही !?

यक्षश्वर मन्दिर पुनःनिर्माणमा चरम लापरबाही !?

भक्तपुर, २१ माघ । विश्व सम्पदा सूचीमा सूचिकृत दरवार क्षेत्रस्थित यक्षश्वर मन्दिर (पशुपति मन्दिर) पुनःनिर्माण कार्यमा चरम लापरबाही भएको छ । पुरातत्व विभागले ठेक्कामार्पmत पुनःनिर्मााण गरेको उक्त मन्दिरको छाना छाउन प्रयोग गरेका काठहरू मक्किएका, चिरा चिरा परेका, चुकुल लगाएर जोडिएका र पेज किल्लाले समेत जोडेर लम्बाइ बढाइएको पाइएको छ ।

त्यो मन्दिर नेपालकै पुरानोमध्येको एक हो । १५ औँ शताब्दीमा निर्माण गरिएको उक्त मन्दिर र मन्दिरका टुँडालहरूमा कुँडिएका विभिन्न मूर्ति तथा काष्ठकलाको लागि प्रख्यात छ ।
पर्यटकीय नगरमा रहेको उक्त मन्दिरको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वको कारण त्यस मन्दिर पुनःनिर्माणमा भएको ढिलाइबारे पनि स्थानीय जनताले पटक पटक गुनासो गर्दै आएका थिए ।
भक्तपुर महोत्सवको बेला उक्त मन्दिरमा जस्ता छाना राखेर अधुरो देखाई राखिएको हुँदा जनस्तरबाट चर्को आलोचना भएको थियो । यसबारे पटक–पटक पुरातत्व विभागको ध्यानाकर्षण गर्दै आए पनि जिम्मेवार पदाधिकारीहरूले खासै ध्यान दिइरहेका छैनन् ।
कमसल काठ प्रयोग भएको जनगुनासोपछि २०८१ माघ २१ गते भनपा प्रमुख सुनिल प्रजापतिले निरीक्षण गरी कमसल काठ प्रयोग भएकाहरूको फोटोसहित तत्काल कार्य रोकी गुणस्तरीय काठको प्रयोग गर्न पुरातत्व विभागमा पत्राचार गरेको थियो ।
सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएका पुरातत्व विभागले अरू निकायले काम गर्दा समेत अनुगमन गरी कमजोर संरचना र पुरातात्विक महत्वलाई ध्यानमा राखी कार्य गराउनुपर्नेमा विभाग स्वय

म्ले जथाभावी पुनःनिर्माण गर्दा त्यसको पुरातात्विक महत्व के होला भन्ने प्रश्न उठेको छ । पुरातत्व विभागको लापरबाहीकै कारण लिच्छवीकालीन चाँगुनारायणको मन्दिरमा जथाभावी रङ्गरोगन गरी कुरूप बनाइसकेको छ । सम्पदाको महत्व नबुझ्ने पुरातत्वको हाकिम बनेपछि देशको सम्पदाको के हालत हुन्छ ? चाँगुनारायण मन्दिरमा भएको रङ्गरोगनले देखाइसकेको छ ।
भनपाले सम्पदा पुनःनिर्माण वा जीर्णोद्धार ठेक्कामा गर्न नहुनेमा निरन्तर जोड दिइआएको छ । २०७२ सालमा भत्केका प्रायः सबैजसो सम्पदाहरू नगरपालिकाले जनताबाट गठित उपभोक्ता समितिमार्पmत पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *