ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
दैलेख, २१ माघ । नेमकिपाको ५१ औँ पार्टी स्थापना दिवस र पार्टीको महाधिवेशन फागुन १६–१९ भक्तपुरमा हुने अवसरमा नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घ दुल्लु नपा १२ को लमस्तडा टोल समितिका अध्यक्ष टीका दाहालको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका सदस्य शिवराज दाहालले पुरुषभन्दा पनि महिलाले समाज बुझेपछि घर समाज र देश राम्रो हुने बताउनुभयो । नेमकिपाले महिलालाई सङ्गठित र सचेत बनाउन जोड दिएको विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा दुल्लु नगरपालिका १२ का अध्यक्ष खड्गप्रसाद दाहाल, सदस्य नमराज दाहाल र नेक्राविसङ्घ पूर्वकेन्द्रीय समिति खेमराज दाहालले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी दुल्लू नगरपालिका वडा नं १२ को आयोजनामा माघ १७ गते गौरीमा पार्टीको ५१ औँ स्थापना दिवस सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकले नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचार, रुसी संशोधनवाद र सामाजिक साम्राज्यवादमा पतन पुस्तक प्रकाशन गरेर नेमकिपाको स्थापना भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सदस्य केसेन्द्रप्रकाश कार्कीले नेपाल मजदुर किसान पार्टी गरिब र पीडित जनताको पार्टी भएकोले अन्यायमा परेका कामदार जनताको पक्षमा काम गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला सदस्य वीरबहादुर भण्डारी, नगर सदस्य पद्मबहादुर बुढा, मोतीराम लम्साल, जनकप्रसाद दाहाल, नमराज दाहाल, खड्ग खत्री, पृथ्वी पन्त, खेमराज दाहालले आ–आफ्नो अनुभव बताउनुभएको थियो । कार्यक्रम समापन दुल्लू नगरपालिका १३ का अध्यक्ष खड्गप्रसाद दाहालले गर्नुभएको थियो ।
Leave a Reply