अमेरिकी सहरहरूमा ट्रम्पविरोधी प्रदर्शनको अर्को चरण
- बैशाख ८, २०८२
भक्तपुर, २१ माघ । भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा सरोकारवालाहरूको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत जगाती क्षेत्रमा साबिककै स्थानमा बस स्टप थप गर्ने निर्णय गरेको छ ।
जगाती बसस्टप सम्बन्धमा बसेको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत जगाती क्षेत्रमा सडकको डीपीआरमा साबिकको भन्दा फरक स्थानमा बस स्टप प्रस्ताव गरिएकोमा गुनासोपछि उक्त निर्णय भएको हो । स्थानीयवासीहरूको मागबमोजिम साबिकको स्थानमा बस स्टप थप गर्ने बैठकले निर्णय गरेको हो । यसका लागि भक्तपुर नगरपालिकाले पटक–पटक सरोकारवालाहरूको बैठक राखी समन्वय गर्ने प्रयास गर्दै आएको थियो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा गठित आदर्श चोक निर्माण सम्भाव्यता अध्ययन कार्यदलको बैठकले बस स्टप थप गर्नेसम्बन्धी निर्णय गरेको हो ।
बैठकमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका इन्जिनियर दिलभक्त जयना, आयोजनाका सी.डी.ई. सजना अधिकारी, इन्जिनियर विवेक पाण्डे, स्थानीय सरोकारवालाहरू मणिरत्न बज्राचार्य, सीताराम खाइजु, कृष्णभक्त कवां, राजकुमार बनमाला, श्रीजन खागी, कृष्णलाल किसीलगायतको उपस्थिति थियो ।
Leave a Reply