ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
संरा अमेरिकाका बहुमत कामदार जनता जीवन धान्ने सङ्घर्षमा जोतिएका हुन्छन् । आजसम्म तिनको कुनै प्रतिनिधिले ह्वाइट हाउस टेक्न पाएको छैन । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारमा नियुक्त गरेका अधिकारीहरूको अकूत धनसम्पत्ति देख्दा ह्वाइट हाउसमा अर्बपति वर्ग विराजमान भएको स्पष्ट देखिन्छ । ट्रम्पको सरकार १ प्रतिशत अमेरिकीको सरकार होइन । हिसाबै लगाउने हो भने यो सरकार अमेरिकाका ०.०००१ प्रतिशत अर्बपतिको सरकार हो ।
एक अध्ययनअनुसार ट्रम्पले नियुक्त गरेको शीर्ष अधिकारीहरूको कुल सम्पत्ति ४६ खर्ब डलरभन्दा बढी छ । यसमा इलन मस्कको मात्र ४० खर्ब डलर जोडिएको छ । मस्कलाई हटाउने हो भने सन् २०२५ को ट्रम्पको मन्त्रिमण्डल र सरकारमा नियुक्ति पाएका उनका अधिकारीहरूको सम्पत्ति यसअघिका सरकारहरूको भन्दा धनी छ । ट्रम्पकै अघिल्लो सरकारको कूल सम्पत्ति ३ अर्ब २० करोड थियो । त्यो सरकार अमेरिकी इतिहासकै सबैभन्दा धनाढ्य सरकार थियो । बाइडेनको सरकारको कूल धन केवल ११ करोड ८० लाख डलर थियो ।
ट्रम्पले नियुक्त गरेका २५ अधिकारीमध्ये १६ जना संरा अमेरिकाका शीर्ष ०.०००१ प्रतिशत धनपतिमा पर्छन् । यसको अर्थ तिनीहरू अमेरिकाका ८१३ अर्बपतिभित्र पर्छन् । यिनलाई छोडेर बाँकी ३४ करोड १० लाख अमेरिकीहरूले देशको ९९.९९९९ प्रतिशत जनसङ्ख्या ओगट्छ । यी बहुजनको औसत वार्षिक आय लगभग ६१,००० डलर छ । इलन मस्कको अकूत सम्पत्तिले उनलाई विश्वको सबैभन्दा ठूलो धनकुवेर बनाएर अपवाद बनाएको छ । यसको विपरीत शीर्ष १ प्रतिशतभित्र पर्ने जेडी भान्स, क्रिस्टी नोएम र मार्को रुबियोजस्ता ट्रम्पका मन्त्रीहरू इलन मस्कको दाँजोमा मजदुर वर्गजस्ता देखिन्छन् । यद्यपि, उनीहरूको सम्पत्ति अमेरिकीहरूको जीवनभरिको औसत आय (१७ लाख डलर) भन्दा तीन गुणा बढी छ ।
के अति धनाढ्यहरूको यो सरकारले बाँकी ९९.९९९९ प्रतिशत अमेरिकी जनतालाई केही देला ? जवाफ समयले दिने नै छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply