नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
-पर्यवेक्षक
भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएका तीन शैक्षिक निकायले मङ्गलबार आफ्नो वार्षिकोत्सव मनाएका छन् । नगरपालिकाअन्तर्गत नेपालमै पहिलो पटक स्थापना भएको ख्वप माविको अठारौं, ख्वप कलेजको सोह«ौं तथा शारदा क्याम्पसको सत्ताइसौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गर्नुभयो ।
सीमित साधन स्रोत र कमजोर भौतिक अवस्थाबीच जनताको समर्थन र जनप्रतिनिधिहरुको बलियो इच्छाशक्तिको संयुक्त पहलको योगफल ती शैक्षिक संस्थाहरु हुन् । आज भक्तपुर नपाअन्तर्गत सञ्चालमा रहेका शैक्षिक निकायहरुमा हजारौं हजार विद्यार्थीहरुले गुणात्मक शिक्षा हासिल गरिरहेका छन् ।

निजी क्षेत्रको नाफामुखी शिक्षालाई चुनौती दिंदै नपाले स्थापना गरेका शैक्षिक निकायहरुले देशकै उदाहरणीय शिक्षा प्रदान गर्दै आएका छन् ।
वास्तवमा ती कलेजहरु देशका अरु धेरै स्रोतसाधन सम्पन्न स्थानीय तहका लागि चुनौती र शिक्षा दुवै बनेको अवस्था छ । गरे गर्न सकिने कुराको उत्तम उदाहरण बनेका छन्–नपाअन्तर्गतका कलेजहरु । सरकारको स्रोत साधनले चल्दै आएका कलेज र सिंगो विश्वविद्यालयसमेत धराप र अधोगति लागिरहेको समयमा ती कलेजहरुले गरेका प्रगति उदाहरणीय मात्र होइन, अनुकरणीय समेत छ । तिनले भक्तपुर जिल्लाको मात्र होइन, सिंगो देशको शैक्षिक विकास र जनशक्ति निर्माणमा योगदान गरेका छन् ।
समय गतिवान छ । समयसंगै परिवर्तन स्वाभाविक छ । तर परिवर्तनशीलता जनताको चाहना पनि हुने गरेको छ । भक्तपुर नपाले आजभन्दा झण्डै दुई दशकअघि शुरु गरेको यो शैक्षिक अभियानको सकारात्मक पक्षसँगै आगामी दिनमा अरु धेरै विषय र संकायहरु समेत ती कलेजमा पढाउन थाल्नुपर्ने पर्यवेक्षकहरुको भनाई छ ।
त्यसो त ती कलेजहरुको आधारमा ख्वप विश्वविद्यालयको विधेयक व्यवस्थापिका–संसदसम्म पुगेको अवस्था छ । तर शैक्षिक अभियानलाई राजनीतिक संकीर्णताको आँखाले हेर्ने शासक दलहरुका कारण आजसम्म ख्वप विश्वविद्यालयको सपना साकार बन्न सकेको छैन । त्यसको निम्ति अझ लामो सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान छ । ख्वप विश्वविद्यालयको सपनाले साकार रुप लिंदा देशका नाफाखोरको झोलामा हुन सक्ने हमलालाई ध्यानमा राखी आज केही गलत मनसायका राजनीतिक नेता र कर्मचारीतन्त्र नियोजित रुपमा यसविरुद्ध लागिरहेको बुझ्न गाह«ो होइन ।

ख्वप विश्वविद्यालय स्थापना भएको अवस्थामा नेपाली जनतालाई कुनै घाटा छैन । त्यो विश्वविद्यालयमा कुनै राजामहाराजाका सन्तान पढ्ने होइन, बरु जनताका छोराछोरी नै पढाइने भएकाले जनताको यसमा विरोध पनि हुनसक्दैन । तर राज्यसत्ताको शोषक वर्गीय चरित्रका कारण यो काम फत्ते गर्न अझै केही रोटी पेल्ने पर्ने अवस्था छ ।
ख्वप विश्वविद्यालय स्थापनाको पूर्वाधार बनाउन नपाअन्तर्गत आज सञ्चालनमा ल्याएका कलेजहरुलाई अझ बिस्तृत बनाउन जरुरी छ । नयाँ समय–सान्दर्भिक संकाय र विषयको थालनीसँगै भोलि सम्पुर्णतः विश्वविद्यालय बनाउने ठूलो आधार बन्दै जानेछ ।
Leave a Reply