भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण
- चैत्र ७, २०८१
भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाइ कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल ट्रस्टसँगको समन्वयमा १०८ रोपनी परिसरमा पर्खाल लगाएको जानकारी दिँदै सो जग्गामा विश्वविद्यालयको स्थापनाका लागि भक्तपुर नगरपालिकाले अनुरोध गर्दै आइरहेको बताउनुभयो ।
सरसफाइ गर्नु सबैको कर्तव्य रहेको बताउँदै भक्तपुर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरिदै आइरहेको बताउनुभयो ।
भक्तपुरका स्थानीयवासीको जग्गा भएकोले स्थानीयकै हितको निम्ति सो जग्गा उपभोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा न १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले सरसफाइ अभियानको रुपमा २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरूको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, विद्यालयका विद्यार्थी र स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।
Leave a Reply