इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, १४ फेब्रुअरी (सिन्ह्वा) । हालै अस्ट्रेलियाली सैनिक विमानले दक्षिण चीन सागरमा उत्तेजना फैलाएको प्रति चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी गम्भीर आपत्ति जनाएको छ । जारी गरेको वक्तव्यमा जनाइएअनुसार, फेब्रअरी ११ का दिन अस्ट्रेलियाली सैनिक विमानले दक्षिण चीन सागरमा गस्ती गर्दा चिनियाँ सैनिक विमानविरुद्ध असुरक्षित र पेसागतविपरीत कारबाही चालेकाले अस्ट्रेलियाली विमान र चालकलाई समेत खतरामा पारेको थियो । यस विषयबारे चर्चा गर्दै चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता चाङ स्याउ काङले चीनको धारणा व्यक्त गर्नुभएको छ ।
प्रवक्ता चाङका अनुसार, फेबु्रअरी ११ का दिन अस्ट्रेलियाली सैनिक विमानले दक्षिण चीन सागरमा चीनको सार्वभौमिक अधिकारको उल्लङ्घन गर्दै उत्तेजना फैलाउन खोजेको थियो र झूटो भनाइ पनि जारी गरेको छ । चीनले त्यसको दृढता साथ विरोध गर्दै अस्ट्रेलियासमक्ष गम्भीर आपत्ति जनाएको छ । आफ्नो जल र हवाई क्षेत्रमा सैनिक शक्तिको कारबाहीलाई व्यवस्थित पारी ठग नबन्न तथा दक्षिण चीन सागरमा मच्चाइने उत्तेजित कारबाही बन्द गर्न चीनले अस्ट्रेलियालाई आग्रह गरेको कुरामा पनि प्रवक्ता चाङले जोड दिनुभएको छ ।
त्यस्तै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओकाङसमक्ष एक पत्रकारले रिपोर्टका अनुसार भन्दै अस्ट्रेलियाको राष्ट्रिय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फेब्रुअरी ११ मा दक्षिण चीन सागरमा गस्ती गर्ने क्रममा अस्ट्रेलियाली सैन्य विमानले चिनियाँ सैन्य विमानसँग ‘असुरक्षित र अव्यवसायिक अन्तरक्रिया’ को सामना गर्नुपरेको र यसले अस्ट्रेलियाली विमान र कर्मचारीका लागि खतरा उत्पन्न गरेको उल्लेख गरेको छ । यो घटनाप्रति तपाईँको के टिप्पणी छ भनी प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफ दिँदै प्रवक्ता चाङ सियाओकाङले भन्नुभयो, “फेब्रुअरी ११ का दिन अस्ट्रेलियाली पक्षले चीनको दक्षिण सागरमा चीनमाथि सार्वभौमिकताको उल्लङ्घन गरी उक्साहट सिर्जना गरेको मात्र छैन झूटा कुराहरू फैलाउँदै पहिले नै गुनासोसमेत गरेको छ । जसको हामीले दृढतापूर्वक विरोध गर्दछ र अस्ट्रेलियाली पक्षलाई गम्भीररूपमा प्रस्तुत हुन आह्वान गर्दछौँ । विशेषगरी, मैले औँल्याउनुपर्छ की अस्ट्रेलियाली सैन्य विमानको दक्षिण सागरमा अनाधिकृत प्रवेश भएको छ । सो घटनापछि, चीनको निष्कासन कार्य सम्पूर्णरूपमा व्यावहारिक र कानुनसम्मत छ जुन चीनको राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको रक्षा हो । हामी चाहन्छौँ कि अस्ट्रेलियाले जोखिमको कल्पना त्याग्नुपर्छ र फ्रन्ट–लाइन समुद्री र वायु सेनाको कार्यलाई कडाइका साथै प्रतिबन्ध लगाउनुपर्छ, कसैलाई पछ्याएर दक्षिण सागरमा अरूलाई हानि पु¥याउने कामले खराब निम्त्याउँछ जुन अरूका लागि साथै आफ्नो लागि पनि दुवैलाई हानि पु¥याउने छ ।
Leave a Reply