नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
त्यागिएको स्वर्ण उपहार
चीनको इतिहासमा एउटा अति प्रख्यात कथा रहेको छ । पूर्वी हान राजवंशमा याङ चन नाम गरेका व्यक्तिले हुपेई प्रान्तमा पर्ने चिङचउ नामक इलाकामा राज्यपालको रूपमा काम गरेका थिए । पछि आएर उनलाई तोङलाई (हाल शान्तोङ प्रान्तमा पर्ने लोङखउ नामक शहर) भन्ने ठाउँमा मुख्य राज्यपालको कामकाज गर्न खटाइ पठाइएको थियो । उनी तोङलाई भन्ने ठाउँको पदभार सम्हाल्न जाने बेलामा छाङ्यी इलाका (हाल शान्तोङ प्रान्तको वईफाङ शहर अन्तर्गत पर्छ) भएर जानुपर्यो । छाङ्यी इलाकाले वाङ मि भन्ने मानिसलाई याङ चनले चिङचउ इलाकामा राज्यपालको जिम्मेवारी वहन गरेको बेलामा त्यहाँको सरकारी कर्मचारीको रूपमा सिफारिस गरेका थिए । वाङ मिले आफ्ना पूर्व हाकिम याङ चन आफ्नै इलाकाको बाटो भएर आउँदै छन् भन्ने थाहा पाएर विगतको समयमा उनले दिएको मार्गनिर्देशन र सहयोगी भावनाको गुन तिर्न दिउँसो खाली हात याङ चनलाई भेट्न गए । तर रातमा भने पाँच किलो जति सुन खोजखाज पारी उनलाई उपहार टक्राउने सोचे । वाङ मिले भने, “अहिले त मध्यरात भैसकेको छ, कसैले पनि थाहा पाउँदैनन् ।” तर याङ चनले भने, “आकाशलाई थाहा छ, धर्तीलाई थाहा छ, तिमीलाई थाहा छ, मलाई थाहा छ । कसैलाई पनि थाहा छैन भनेर कसरी भन्न सकिन्छ र ?” वाङ मिले यो सुनिसकेपछि एकदमै लज्जाबोध गरे । याङ चन एकदमै स्वच्छ छविका पदाधिकारी थिए । उनका असल साथीभाइ र अग्रजहरूले छोरानातीहरूको लागि उद्योगधन्दा, कलकारखाना र जायजेथा खरीद गरिदिनू भनी सम्झाउँथे । तर उनी भन्थे, “भावी संसारका मानिसहरूले उनीहरूलाई स्वच्छ छवि भएका सरकारी पदाधिकारीका छोरानातीहरू भनून्, मैले उनीहरूलाई यही कुरा छोडेर जान चाहन्छु, के यो नै काफी छैन र ?” यो नै एक किसिमको ज्ञानबोध हो ।
“चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ केन्द्रीय अनुशासन निरीक्षण समितिको सातौँ पूर्ण बैठकमा दिनुभएको भाषण,” सन् २०१७ साल जनवरी ६ तारिख ।
विस्तारित व्याख्या
याङ चन (Yang Zhen) चीनको शानसी (Shanxi) प्रान्तको ह्वायिन ठाउँका मानिस थिए । राजवंशको समयताका चीनमा शिष्टाचारस्वरूप पुरुषहरूलाई दिइने उनको नाम पो छि थियो । उनी पूर्वी हान राजवंश (ई.सं. २५–२२० साल) का प्रख्यात अध्येता थिए । उनी पचास वर्षको उमेरमा बल्ल सरकारी सेवामा प्रवेश गरेका थिए । सरकारी कर्मचारीको रूपमा उनको छवि स्वच्छ थियो, उनका दुवै हातहरू सफा र बेदागका थिए । पछि आएर उनले राजप्रासाद सेवाको उच्च पदाधिकारीका रूपमा काम गरेका थिए ।
‘त्यागिएको स्वर्ण उपहार’ नामक कथाको कारणले पछिपछिका मानिसहरूले याङ चनलाई ‘केही नलुकाउने याङ’, ‘सबैले चिनेको राज्यपाल’, ‘चिरपरिचित महाशय’ भनी बोलाउँथे र मिङ राजवंशको समयसम्म आइपुग्दा लाइचउ इलाकाको (हाल शान्तोङ प्रान्तको उत्तरपूर्वी सहर) सरकारी विभाग प्रवेशद्वारभित्र अझै राज्यपाल याङ चनको सार्वजनिक स्मृतिभवन र सभागृह बनाइएको थियो ।
याङ चन स्वच्छ र स्वाभिमानी मात्र थिएनन्, अझै आफूले आफैँलाई अग्रपङ्क्तिमा उभ्याई निडरताका साथ राजकाजका खराब प्रचलनहरूलाई आलोचना गर्ने आँट गर्थे । राजपरिवारका आफन्त र इष्टमित्रहरूलाई पनि उनले निर्भिकताका साथ सिधा कुरा गर्न हिम्मत गर्थे । पूर्वी हान राजवंशका राजा लिउ हु अर्थात हान आन्ति (Liu Hu or Han Andi, ई.सं. ९४–१२५ साल) का मामा कङ पाओ र महारानीका दाजु यान स्यान लगायतका मानिसहरूले आफ्ना आफन्त र साथीभाइलाई राजदरबारभित्र घुसाई राज्याधिकारी बनाउनको लागि याङ चनसँग सिफारिस गर्दथे । उनलाई थाहा थियो ती मानिसहरूसँग कुनै क्षमता र कुनै नैतिकता थिएन, त्यसैले दृढताका साथ अस्विकार गरिदिन्थे ।
यस प्रकारको मानव प्रकृति र पारिवारिक परम्परा पछिल्लो पुस्ताहरूको लागि सबैभन्दा उत्तम उपहारमा परिणत भयो । चीनको ऐतिहासिक अभिलेख पुस्तकमा याङ चनका सन्तानहरू चार पुस्तासम्म स्वच्छ रहेको र सीधा र इमानदार पारिवारिक परम्परा रहेको कुरा लिपिबद्ध भएको छ । उनको छोरा याङ पिङ सबैभन्दा सुरुमा सरकारी अधिकारी बन्न चाहेका थिएनन्, बरु गाउँमा बसेर पढाउने काम गर्थे । उनी चालीस वर्षभन्दा बढीको उमेर भएपछि मात्र सरकारी अधिकारी बनेका थिए । सरकारी कामकाजको सिलसिलामा उनी पनि स्वच्छ र इमानदार थिए, उनमा पनि याङ चनकै कार्यशैली रहेको थियो । उनले विगतमा काम गर्ने अड्डाका पुराना मानिस लाखौँ लाख रकम उपहारस्वरूप टक्राउँथे तर उनले आफ्नो घरको ढोका बन्द गरी त्यस्तो रकम स्वीकार गर्दैनथे । याङ पिङका छोरा याङ छ्ले पनि मुख्य मन्त्रीसम्मको पदमा कामकाज गरेका थिए । त्यसैगरी याङ चनका पनातिद्वय याङ छि र याङ प्याओले पनि आफ्ना पुर्खाहरूको स्वच्छ र इमानदार कार्यशैलीलाई कायम राखेका थिए । याङ चनको ‘स्वच्छ पदाधिकारी’ को पारिवारिक परम्परा र जीवनी हजाराँैं हजार वर्षदेखि अहिलेसम्म पधिँदै आएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले याङ चनको ‘त्यागिएको स्वर्ण उपहार’ तथा आफ्ना सन्ततिहरूलाई स्वच्छपना र इमानदारी छोडेर जाने कथा सुनाउनु भनेको एउटा व्यक्ति समाजमा स्थापित हुनु, व्यवसायमा स्थापित हुनु, बोलीवचनमा अडिग रहनु र नैतिकतामा अडिग रहनुमा चेतना बोध गराउनु महत्वपूर्ण छ । यस कथा मार्फत चेतनाको बोध गर्ने व्यक्तिले सही र गलत पहिल्याउन सक्छ, व्यक्तिगत र सार्वजनिक कुरालाई छुट्याउन सक्छ, असल बानी सुसंस्कृत गर्न र खराब बानी परित्याग गर्न सक्छ । चेतनाबोध भनेको एउटा मानिसको वैचारिक प्रकृतिलाई परीक्षण गर्ने ‘कसौटी’ हो । व्यक्तिगत र सार्वजनिक, कर्तव्यपरायण र फाइदा, असल र खराब, सुख र दुःखको अन्तर्विरोध सामना गरेको अवस्थामा अघिल्लो छान्ने कि पछिल्लो, जहिले पनि चेतनाबोधमा अडिएको हुन्छ ।
Leave a Reply