भर्खरै :

यनानमा माओको जीवन कस्तो थियो ?

यनानमा माओको जीवन कस्तो थियो ?

लङ मार्च समाप्त हुँदा माओ त्सेतुङको उमेर ४२ वर्ष हुनुभएको थियो । दुब्लो, पातलो र झुप्प परेको कपाल भएका, कम्युनिस्ट टोपी लगाएका र मक्किएको नीलो पोशाक लगाएका अग्ला मानिस हिम्मतिला लडाकुजस्तो देखिँदैनथे । उहाँसँग अझै पनि निर्विवाद आकर्षण थियो । चिनियाँ सोभियत गणतन्त्रको शान्सी प्रान्तमा रहेको नयाँ राजधानी यनानमा माओको भेट एड्गर स्नोसँग भयो । अमेरिकी पत्रकार स्नो भ्रमणका लागि सन् १९२८ मा चीन आउनुभएको थियो र आठ वर्ष भइसक्दा पनि उहाँ त्यहीँ हुनुहुन्थ्यो । सन् १९३६ मा उहाँले माओ र उहाँका साथीहरूसँग चार महिना बिताउनुभयो । त्यस अवधिमा माओले पश्चिमालाई जानकारी दिन आफ्नो जीवनवृत्तान्त ती अमेरिकीलाई लेखाउनुभएको थियो ।
स्नोको ‘रेड स्टार ओभर चाइना’ (चिनियाँ आकाशमा रातो तारा) पुस्तक सन् १९३७ मा पहिलोपटक प्रकाशित भयो । माओ र चिनियाँ कम्युनिस्ट पार्टीका बारेमा जान्न खोज्ने बुद्धिजीवीहरूका लागि यो एक महत्वपूर्ण सन्दर्भसामग्री रहिआएको छ । स्नोकी श्रीमती हेलनले पनि माओसँग भेटघाट गर्नुभएको थियो । उहाँले माओलाई ‘एक महान् विचारकको आकर्षण र लालित्य भएका तथा निपुण वक्ता’ सोच्नुभयो । माओले एउटा चुम्बकसरह मानिसलाई आकर्षित गर्ने, उहाँले भन्नुभएको छ । तर, यनानका जनता आफ्नो सहरका नयाँ मानिसका बारेमा के सोच्थे ? यथार्थ के थियो भने सुरुमा त उनीहरू सकभर माओ त्सेतुङसँग परिचित थिएनन् । कम्युनिस्टहरूको ठुलो प्रवाहद्वारा सहर निकै परिवर्तन भयो, जमिनदारहरू लखेटिए र तिनीहरूको भूमि किसानहरूमा वितरण गरियो, भाडा र कर कटौती गर्दै सबै उमेर र वर्गका मानिसलाई विद्यालय जाने अवसर प्रदान गरिएको थियो ।
चीनको एउटा निकै गरिब क्षेत्रमा पर्ने शान्सी प्रान्तमा लामो समयदेखि प्रताडित किसानहरूका लागि यी पक्कै पनि स्वागतयोग्य विकास थिए । यनानमा लालसेनाको आगमन ऐतिहासिक घटना भएको इतिहासवेत्ताहरूले उल्लेख गरेका छन् । कुनै अन्य कारण नभएर भयले नै उनीहरूको स्वागत गरिएको थिएन । शताब्दीयौँदेखि सम्राटका बन्धक वा स्थानीय सरदारका वा विदेशीको कब्जामा पर्दा होस् स्थानीय जनता सशस्त्र मानिसहरूको त्रासमा बाँच्न बाध्य थिए । सन् १९३० को दशकमा यनान कब्जा गरेको कम्युनिस्ट सेनाले त्यस्तो व्यवहार गरेन ।
अर्कोतर्फ चीनका अधिकांश क्षेत्रजस्तै यनान पनि त्यसबेला अकालबाट ग्रसित थियो । अनि के भोका नगरवासीले हुनान प्रान्तका अग्ला र विचारशील मानिसलाई सुधारका लागि धन्यवाद दिनुपर्ने व्यक्तिका रूपमा हेर्ने कि बालीनाली बिग्रेकोमा दोषी मान्ने ? त्यसो सकभर होइन ।
नयाँ सोभियतको प्रदर्शनी, समारोह र ¥यालीमा माओ त्सेतुङ आडम्बरी देखिनु हुन्नथ्यो । लङ मार्चमा कैयौँ वरिष्ठहरूसरह उहाँ पनि पहाडी क्षेत्रमा रहेका गुफाहरूमा बस्नुभयो । त्यहाँ कम्युनिस्ट नेताहरूको एउटा नयाँ परिसर विकसित भएको थियो ।
त्यहाँ कुनै आदिम अवस्था थिएन । अमेरिकी पत्रकार स्नोले यो फाङ ‘गुफा घर’ लाई भुइँमा ढुङ्गा बिच्छाइएको र अग्ला कोठा भएको पूर्णतया सुसज्जित र सुखसयल भएको कैयौँतले भवनका रूपमा व्याख्या गर्नुभएको छ ।
यतिसम्म कि सम्पन्न मानिसले समेत शान्सी प्रान्तमा आफ्नो घरका लागि पहाड खन्ने गर्थे । कमरेड र किसानहरूका बिचमा हुँदा पनि माओले एकान्तबास अपनाउनुभयो । उहाँ आफ्नो तीनकोठे गुफामा घण्टौँसम्म एक्लै बसेर अध्ययन र लेखनमा व्यस्त रहनुहुन्थ्यो । उहाँकी नयाँ श्रीमती कमरेड ष चचन लङ मार्चमा घाइते हुनुभएको थियो र चिकित्सा उपचारका लागि मस्को गएपछि त्यहाँबाट कहिल्यै फर्कनुभएन । कहिलेकाहीँ माओले एक दशकभन्दा बढी समयदेखि आफूबाट टाढा रहेका आफ्ना दुई छोरालाई केही समयका लागि यनान ल्याउनुभएको थियो ।
माओले ग्रामीण क्षेत्रमा डुल्दै किसानहरूसँग कुरा गरेर दिउँसोको समय बिताउनुभयो । उहाँले एउटा सानो बारी बनाएर त्यहाँ टमाटर र काँचो सुर्ती तयार पार्नुहुन्थ्यो । माओले आफ्ना तीनमध्ये एउटा कोठामा काठले बनाइएको एउटा ठुलो भाँडोमा घण्टौँसम्म नुहाउँदै आनन्द लिनुहुन्थ्यो । छिमेकीले उहाँको कोठामा राती बलेको मट्टीतेलको टुकीको उज्यालो बिहान हुञ्जेलसम्म देख्ने गर्दथे ।
उहाँ के गर्नुहुन्थ्यो ? माओ पढ्नुहुन्थ्यो । उहाँ कविता लेख्नुहुन्थ्यो । निःसन्देह उहाँ आफ्नो दार्शनिक, राजनीतिक र सामाजिक सिद्धान्त परिष्कृत गर्न लागिरहनुभयो । उहाँ माओवाद विकासमा लागिरहनुभएको थियो ।
यनानका गुफा ती गतिविधिका लागि निकै अनुकूल थिए । साथै जापानी हवाई आक्रमणबाट बच्न धेरै नै सुरक्षित आश्रयस्थल पनि । उत्तरी चीनमा जापानको हवाई आक्रमणको सम्भावना सधैँजसो हुन्थ्यो । माओले यसमा सैनिक दृष्टिले विशेष चासो राख्नुभएको थियो । चीन किसानले बनेको छ विश्वका सर्वहारा श्रमिकले होइन ।
राष्ट्रवादीहरूद्वारा आफ्नी आमा याङ खाईषुईसँगै जेल पर्दा माओका जेठा छोरा माओ यनयिङ आठ वर्षको हुनुहुन्थ्यो । खाईषुईको हत्या गरिएपछि माओ आनयिङ र उहाँका भाइहरू ः सात वर्षका माओ आनछिङ र तीन वर्षका माओ आनलोङलाई सुटुक्क साङ्घाई लगेर भूमिगत कम्युनिस्ट कार्यकर्ताले पालेका थिए ।
सन् १९३१ मा माओ आनलोङको निधन भयो । दुई दाजुभाइले एकजना कम्युनिस्ट पादरीले हेरचाहको जिम्मा नलिञ्जेलसम्म केही समय साङ्घाईका सडकमा जीवन बिताएका थिए । यनानमा पितासँग भेट भएपछि दुवै दाजुभाइलाई सन् १९३६ मा पेरिस पठाइयो । त्यसपछि जोसेफ स्तालिनको आमन्त्रणमा उनीहरूलाई एउटा अन्तर्राष्ट्रिय हाइस्कूलमा पढ्नका लागि मस्को पठाइएको थियो ।
माओ आनयिङले रुसी नाम सर्गी र माओ आनछिङले रुसी नाम निकोलाई धारण गर्नुभयो । दुवै दाजुभाइले द्वितीय विश्ययुद्धमा सोभियत सङ्घका लागि नाजी जर्मनीविरुद्ध लडाइँ लड्नुभएको थियो । सन् १९४५ मा माओ आनयिङ यनान फर्कनुभयो । सन् १९५० मा कोरियाली युद्धमा लड्न पठाइनु अघिसम्म उहाँ आफ्ना पितासँगै रहनुभयो । सन् १९५० नोभेम्बर २५ मा कोरियाली युद्धमा लड्दै गर्दा २८ वर्षको उमेरमै उहाँको मृत्यु भयो । उहाँको मृत्युको खबर सुन्दा माओले भन्नुभयो, “जनताका छोरा युद्धभूमिमा मारिएका छन् । माओ त्सेतुङको छोराले पनि किन त्यस्तो कार्य नगर्ने ?”
सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना नहुञ्जेलसम्म माओ आनछिङ रुसमै रहनुभयो तर फर्केपछि उहाँले आफ्नो पितालाई खासै देख्न पाउनुभएन । उहाँले रुसी–चिनियाँ अनुवादकका रूपमा काम गर्नुभयो र सन् २००७ मा उहाँको निधन भयो ।
माओ त्सेतुङका दुई जीवित छोरी लि मिन र लि नी छन् । लि मिनको जन्म उहाँकी दोस्रो श्रीमती ष चचनबाट सन् १९३६ मा भएको थियो । माओकी तेस्रो श्रीमती चियाङ छिङले सन् १९४० मा लि नीलाई जन्म दिनुभयो । दुवै छोरीले आफ्नो थर माओ नराखेर लि राखे किनभने चिनियाँ गृहयुद्धका बेला उनीहरूका पिता लि देशाङ नामले सक्रिय हुनुहुन्थ्यो । चियाङ छिङको वास्तविक नाम लि युनष थियो ।

– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *