भर्खरै :

लालसेनाले किन ‘लङ मार्च’ ग¥र्यो

लालसेनाले किन ‘लङ मार्च’ ग¥र्यो

चियाङसी सोभियत समापनमा आउँदा कम्युनिस्ट पार्टीमा माओ जिम्मेवारी घटुवाको अवस्थामा हुनुहुन्थ्यो । यसमा केही मात्रामा उहाँको कमजोर स्वास्थ्य र केही मात्रामा अनुशासन र विशुद्ध विचारधाराप्रति उहाँको एकोहोरो हठ जिम्मेवार थियो ।
एकजना युवा कम्युनिस्ट पो कुलाई सीपीसीको केन्द्रीय कमिटीको प्रमुख नेता बनाइयो भने चुतेले लालसेनाको सेनापतिको भूमिकामा निरन्तरता पाउनुभयो । पोले कमान सम्हालेदेखि जियाङसीको अवस्था झनै खराब हुन गयो ।
सन् १९३० डिसेम्बरदेखि सन् १९३३ अक्टोबरसम्म सेनाधिपति च्याङ काइसेकले लाल सेनालाई जरैदेखि उखेल्न चारपटक गरी आठ लाख ५० हजार सैनिक परिचालन गर्नुभयो । हरेकपटक उहाँलाई असफलता हात लाग्यो । असफल प्रयासपछि उहाँले १० लाख सैनिक पठाएर आक्रमण नगर्न तर कम्युनिस्टहरूलाई भोकभोकै पार्न आदेश दिनुभयो । त्यस वर्ष पहाडी सोभियत क्षेत्रमा १० लाख किसान भोकले मरे । सोभियतमा १० फरक स्वायत्त राज्य थिए ।
लाससेनालाई बचाउने हो भने त्यहाँबाट पलायन हुनुपर्ने समय आएको कुरा माओ त्सेतुङ र उहाँका कमरेडहरूलाई राम्रोसँग थाहा थियो । पो कु नेतृत्वमा रहेर हुतानको पश्चिम र राष्ट्रवादीहरूको विशाल सेना रहेको क्षेत्रमा सोझै कम्युनिस्ट सेनालाई परिचालन गर्न ठुलो भूल भयो ।
सियाङचियाङ नदीमा लाल सेनाको भिडन्त राष्ट्रवादीको पहिलो इम्फासँग भयो । उनीहरूले कुल सैनिकको दुईतिहाइ हिस्सा, ५० हजारभन्दा बढी सैनिक गुमाए । रक्ताम्य नदीमा लाल सेनाका कति किसान अनुयायी पनि मारिए, हामीलाई थाहा छैन । सियाङचियाङ नदीमा भएको घटनाको बारेमा हामीलाई यो कुरा थाहा छ कि माओले आफ्नो एकमात्र ओभरकोट एकजना घाइते मानिसलाई दिनुभयो । त्यसपछि उहाँको भार केही कम भयो । उहाँसँग अब मात्र केही पुस्तक, दुईवटा कम्मल, एउटा स्वीटर, एउटा कचौरा र एउटा भाँचिएको छाता बाँकी रह्यो ।
भयङ्कर पराजयपछि पो कुले च्याङ काइसेकका सेनाको पछिल्लो भागमा आक्रमण गर्न आफ्नो पराजित सेनालाई उत्तरतिर पठाउने प्रस्ताव गर्दा माओले त्यसको विरोध गर्नुभयो । उहाँप्रतिरोधको बाटोमा अग्रसर नहुन र पछाडि हट्न चाहनुहुन्थ्यो । यसपटक आफ्नो विचारमा अटल रहनुभयो र पार्टीको केन्द्रीय कमानले उहाँलाई समर्थन ग¥यो ।
राष्ट्रवादीको सेनाले कमान सम्हालेको क्षेत्रबाट लालसेना पर हट्यो र डेढ महिनामा दैनिक गोली हानाहानबिना पहिलोपटक अगाडि बढ्न सक्षम भयो । पछाडि हटेको लालसेना सन् १९३५ जनवरीसम्म सैनिक कारबाही गर्ने अवस्थामा पुनः आइपुग्यो र कुईचउ प्रान्तका क्षेत्र कब्जा गर्न सफल पनि भयो । पार्टीको सम्मेलन गर्न कम्युनिस्टहरूले आफ्नो अभियानलाई विश्राम दिए । त्यस सम्मेलनबाट माओ सीपीसीको पोलिटब्युरो स्थायी कमिटीमा चयन हुनुभयो तथा उहाँलाई सैनिक कमानमा रहने तीनजनामा चाउ एनलाई र वाङ चियासियाङसँगै जिम्मेवारी प्रदान गरियो ।
माओको रणनीतिक प्रवृत्ति स्वीकारिएको थियो तर चाँडै नै तिनको परीक्षण पनि भयो । कुईचउ सम्मेलनपछि चार महिनाको मार्चमा डाडु नदीमा उहाँहरू पुग्नुभयो । तातु नदी तर्नु भनेको लङ मार्चको सम्भवतः महान् साहसिक कार्य थियो । तेज धारासँगै उर्लेको नदी युनान र सिचुआन प्रान्त भएर बग्ने गर्छ । लङ मार्चको समयमा गर्जन गरिरहेको नदी पार गर्ने एउटै माध्यम भनेको दुई सय फिटको खोँचमा फलामको साङ्लो तानेर त्यसमा बिच्छाइएका काठे फल्याकसहितको झोलुङ्गे पुल थियो । राम्रो परिस्थितिमा समेत पुल पार गर्नु खतरनाक हुन्थ्यो । जब लालसेना त्यहाँ आइपुग्यो परिस्थिति भयानक थियो । झोलुङ्गे पुलको छेउमा लगाइएका फल्याक सबै झिकिएका थिए । पल्लो छेउलाई राष्ट्रवादी सेनाको मेसिनगनको नालले सुरक्षा दिइरहेको थियो । सियाङचियाङ नदीमा भएको नरसंहार माओलाई झल्झल्ती सम्झना भयो ।
करीब दुई दर्जन हिम्मतिला सैनिक स्वविवेकले पुल पार गर्ने विचार गरेर फलामे तारमा झुन्डिदै निरन्तर गोलीको वर्षाबिच हातेमालो गरी अगाडि बढे । आधाभन्दा बढी त खोँचमा खसेर पानीमा हराए । अन्य स्वयंसेवीले उनीहरूको स्थान लिए । बाधा पार गरेर केही कम्युनिस्ट सैनिकले पल्लो किनारामा पुगेर बन्दुक चलाइँदै गरेको स्थानमा ग्रिनेड फाले । राष्ट्रवादी सैनिकले झोलुङ्गे पुलको बाँकी फल्याकमा आगो लगाइदिए तर माओका बहादुरहरू आगोका लप्काबाट अगाडि बढे । दुई घण्टापछि लालसेनाले पुलमा नियन्त्रण जमायो ।
अर्को बाधा विकट पहाडी क्षेत्र थियो । लालसेना पूर्वी तिब्बतमा पुग्यो । त्यहाँबाट छिङहाइको घाँसे मैदान र दलदल हुँदै उत्तरी प्रान्त शान्सी पुगेको थियो । शान्सीमा भयङ्कर गोबी मरुभूमिको किनारामा चीनभरिका कम्युनिस्ट लडाकुहरूको सबैभन्दा ठुलो आधार क्षेत्र थियो ।
चियाङसीबाट शान्सी पुग्दासम्म सात हजार जना मात्र जीवित रहे । यो यात्राले उनीहरूलाई पहाड, नदी, शत्रु जनजाति र सरदारका लडाकुहरूविरुद्ध मुठभेड गरायो । तर, उनीहरू च्याङ काइसेकको नियन्त्रण र बम प्रहारबाट जोगिए । ३६८ दिन तथा छ हजार माइल घुमाउरो यात्रापछि लङ मार्च सम्पन्न भयो ।

– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *