भर्खरै :

श्वेत भैरव साकोसमा सुत्केरी गुँडपाक र पुष्टकारी बनाउने तालिम

श्वेत भैरव साकोसमा सुत्केरी गुँडपाक र पुष्टकारी बनाउने तालिम

भक्तपुर, ४ फागुन । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लि. जेँला, भक्तपुरको महिला उपसमितिको आयोजनामा शनिबार एकदिने सुत्केरी गुँडपाक र पुष्टकारी बनाउने तालिम संस्थाको कार्यालय भवनमा सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले संस्थाबाट समयसमयमा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउँदै व्यवसाय गर्न चाहने प्रशिक्षार्थीहरूलाई भक्तपुर न.पा.बाट व्यवसायिक ऋण प्राप्त गर्न सकिने बताउनुभयो ।
भक्तपुर न.पा.ले विद्यार्थीहरूलाई शैक्षिक ऋण पनि दिँदै आएको बताउँदै उहाँले प्रशिक्षार्थीहरूलाई तालिमको लाभ लिई भविष्यमा राम्रो व्यवसायी हुन सकोस् भनी शुभकामना दिनुभयो । फागुन १६ देखि १९ गतेसम्म हुने नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सभ्य र भव्यरूपमा सम्पन्न गर्न सम्पूर्णमा सक्रियताका साथ र सहभागी हुन अनुरोध गर्नुभयो । उहाँले तालिममा सहभागीहरूलाई प्रमाणपत्र र प्रशिक्षकलाई कदर पत्र वितरण गर्नुभएको थियो ।
तालिमका प्रशिक्षक गणेशभक्त भुजुले यो व्यवसाय सानो पुँजीबाट सजिलै सुरु गर्न सकिने र राम्रो आम्दानीको स्रोत हुने बताउनुभयो ।
कार्यक्रम महिला उपसमितिका संयोजक पञ्चमाया दुवालको सभापतित्वमा सम्पन्न भएको थियो । उहाँले यस संस्थाबाट समय सापेक्ष सदस्यहरूको आवश्यकता र मागअनुसार विभिन्न तालिमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा महिला उपसमिति सदस्य कल्पना प्याठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *