भर्खरै :

माओले साहित्यको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

माओले साहित्यको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

हामीले देख्यौँ, विश्वप्रति माओ त्सेतुङको दृष्टिकोण अध्ययनले प्रभावित थियो र उहाँले आफ्नै लेखनबाट विश्वलाई नयाँ आकार दिने आशा लिनुभयो । उहाँले आफ्नो जीवनवृत्तान्त लेख्ने एड्गर स्नोलाई आफ्नो पुस्तक कलमले नलेखिएको बरु क्रान्तिकारीहरूको रगतले लेखिएको बताउनुभएको थियो । पक्कै पनि उहाँमा साहित्यको उन्नत दृष्टिकोण थियो । ठुला दर्शनशास्त्रका पुलिन्दा वा माक्र्सवादी ग्रन्थहरूप्रति माओले असीम सम्मान देखाउनुभयो । तथापि ती पुस्तकको एकाग्रचित्त पाठक भए पनि उहाँले निर्जीव पुस्तकमा भर पर्नुभन्दा क्रान्तिकारी पठनपाठनमा समेत निर्देशन दिनुभएको थियो । त्यसोभए केले पुस्तकलाई जीवन्त बनाउँछ रगतले लेखेर हुन्छ त ? वा माओलाई बाल्यकालमा मनपर्ने सरहका साहसिक व्यक्तिका गाथा, दुष्ट सम्राटहरू र समाजका विद्रोही डाँकाहरूको कथा लेखिएको हुनुपर्छ ? युवा हुँदा आफ्नो शयनकक्षको झ्याललाई कम्मलले ढाकेर आफ्नो पिताले थाहा नपाउने गरी रातिसम्म उपन्यास पढ्ने गरेको धेरै समयपछि सन् १९४२ मेमा माओ त्सेतुङले सयौँँ लेखकलाई यनानमा आयोजित साहित्य तथा कला मञ्चमा सहभागी हुन बोलाउनुभयो ।
जब उहाँले सभालाई सम्बोधन गर्नुभयो, उहाँले ‘हामी’ सरह व्यवहार देखाउनुभयो । यसमा धेरैजसो दर्शक हैरान भएको हुनुपर्छ । राजन ीतिक नेताहरूद्वारा हामीमध्येको एकका रूपमा आफूहरूलाई स्वीकारिएको अनुभव उनीहरूसँग थिएन । यसले माओले लेखनको कतिको कदर गर्नुहुन्छ भन्ने देखायो । उहाँले एक लेखकका रूपमा आफ्नो परिचय स्थापित गर्नुभएको थियो ।
सम्बोधनका क्रममा माओले चीनमा लेखक र कलाकारहरूलाई नियन्त्रित र दमन गरिएकोमा खेद प्रकट गर्नुभयो । यथास्थितिलाई चुनौती दिने वा रचनात्मक अभिव्यक्ति र स्वतन्त्रताका लागि जोड दिने सबैलाई राष्ट्रवादी पार्टी अर्थात नेसनलिस्ट पार्टीले धम्काउने, जेल हाल्ने र यातना समेत दिने गरेको दोषारोपण गर्नुभयो । यनानमा उहाँले स्वतन्त्रता र रचनात्मक क्रियाकलापको प्रयासलाई स्वागत गरिने वचनवद्धता प्रकट गर्नुभएको थियो ।
तर त्यहाँ एउटा दोष थियो । लेखक र कलाकारहरू आफ्नो शब्दमा अल्झिएको देखेर माओले स्वतन्त्रता र मुक्त कलाबिच वैज्ञानिक अन्तर्विरोध रहेको खुलस्त पार्नुभयो । उहाँले प्रकाश पार्नुभयो रचनात्मक अभिव्यक्ति र कलात्मक व्याख्या समाहित रहने लेखन संस्कृति कमजोर उत्पादन बन्न जान्छ । पूँजीवादी प्रणालीमा एउटा पुस्तक वा पेन्टिङ (चित्रकला) बिकाउ वस्तु बन्छन् । जस्तो कि व्यक्तिवादी कला एउटा विरोधाभास वा अन्तर्विरोध थियो भन्ने धारणा । पूँजीवादी संस्कृतिमा कलाले मानव स्वभाव प्रतिविम्बित गर्दैन । यसले मात्र झूठो मानवता प्रदर्शित गर्दछ ।
शासकवर्ग र पूँजीवादी प्रणालीको साहित्य परित्याग गर्नु पर्ने र बजार तथा पैसा, मुनाफा, व्यक्तिगत आयको कुनै अपेक्षा थियो । चीनमा कम्युनिस्ट क्रान्ति दुई मोर्चा–सांस्कृतिक मोर्चा र सैनिक मोर्चाबाट सुरूआत हुने थियो तर सांस्कृतिक अग्रपङ्क्तिमा कुन लेखक सामनाका लागि तयार हुने ?
माओले जवाफ दिनुभयो, ‘दुश्मन भनेको जापानी साम्राज्यवाद तथा जनताका अन्य सबै शत्रु हुन् ।’ कसरी लेखकहरूले आक्रमण गर्ने त ? ‘क्रान्तिकारी लेखक र कलाकारहरूको कार्य भनेको उनीहरूको कपट र क्रुरताको पर्दाफास गर्नु हो र त्यसैबेला उनीहरू (शत्रु) को पराजयको अवश्यम्भाविता दर्शाउने हो ।’
सम्भवतः यनानका लेखकलाई मिलेको सबैभन्दा महत्वपूर्ण निर्देशन ‘कसले लेख्ने’ भन्दा ‘कसका लागि लेख्ने’ भन्ने नै थियो । आफ्नो परम्परागत दर्शक–शिक्षित मध्यमवर्गीय क्रान्तिकारी र विद्यार्थीलाई बिर्सन माओले लेखकहरूलाई प्रोत्साहित गर्नुभयो । क्रान्तिकारी सोभियतमा विशाल र निकै महत्वपूर्ण नयाँ पाठक थिए ः कार्यकर्ता ।
सबै प्रकारका कार्यकर्ता, सेनाका लडाकू, उद्योगका श्रमिक र सबैका किसान सबैजना एकपटक शिक्षित भएपछि पुस्तक र पत्रिका पढ्न चाहन्थे । जो अशिक्षित थिए उनीहरू नाटक र ओपेरा हेर्न खोज्थे, ड्रविङ र पेन्टिङ हेर्ने, गीत गाउने र सङ्गीत सुन्ने गर्दथे । उहाँले लेख्नुभएको छ । उहाँले उल्लेख गर्नुभए अनुसार तिनीहरूको सङ्ख्या राष्ट्रवादी नियन्त्रित चीनका दर्शकको दाँजोमा धेरै नै बढी, पाँच गुणाजति, थियो । तर कार्यकर्ताहरूको ठुलो जमातका लागि जापानी कपट प्रदर्शित गर्दा ती लेखकका पुस्तक जीवन्त हुने छन् त ? यदि उनीहरूले यश वा सफलता नसोचेर लेखे भने के त्यसले निर्जीव पुस्तकको अन्त्य प्रत्याभूत गर्दछ ?
होइन । यो पर्याप्त हुँदैन । माओसँग अरू उपाय पनि थिए ।
मानिसको जीवन जसरी तर्कसङ्गत र भावनात्मक अवस्थाको मिश्रण हुन्छ त्यसरी नै कलाको महान कार्य गर्नुपर्छ । माओले क्रान्तिकारी लेखकहरूको मञ्च उनीहरूका कामका दुवै पक्षमा उपयोग होस् भन्ने चाहनुहुन्थ्यो । तर्क वा सत्यमा आधारित विषयवस्तुका लागि उनीहरूले जनताका माझमा जाने र अवलोकन गर्ने तथा उनीहरूको कुरा सम्झने, उनीहरूको जीवन शैली र परम्परा बुझ्न समय व्यतीत गर्नुपर्छ ।
उहाँले भन्नुभएको थियो, ‘अवलोकन गर्न, अनुभव लिन, अध्ययन गर्न र विश्लेषण गर्न सङ्घर्षको तापमा जानुस्, मात्र एउटा स्रोत, व्यापक र धनी स्रोतमा जानुस् ।’
तर महान क्रान्तिकारी साहित्यका लागि अवलोकनमात्र पर्याप्त नहुँदा माओ यस्तो निष्कर्षमा पुग्नुभयो, यदि कलाकारहरू भावनात्मक रूपमा आफ्नो विषयवस्तुमा र दर्शकप्रति दत्तचित्त भएनन् भने एउटा लेखकले आफ्नो साहित्यलाई पार्टी वा क्रान्तिलाई सजिव बनाउने बारेमा सोच्नै सक्दैन । अनि पार्टी र क्रान्ति मात्र जनताको भीडबाहेक केही हुँदैन । यसैले क्रान्तिलाई गौरवमय बनाउन लेखकहरूले जनतालाई आदर गर्नैपर्छ । यस्तो प्रशस्ति हार्दिक हुनुपर्छ, होइन भने काम गलत हुन्छ । यसैले यनानका लेखकलाई माओले जनताको अवलोकनका लागि बढी मेहनत गर्न आदेश दिनुभयो । उनीहरू भावनात्मकरूपमा जनतासँग आबद्ध पनि हुनुपर्छ ।
आफूहरू पहिलेदेखि नै चिनियाँ जनतासँग भावनात्मक रूपमा जोडिएको ठान्ने सम्भवतः धेरै लेखक त्यस मञ्चमा सहभागी थिए । माओले आफ्नो हात उचालेर यसो भन्दा के उनीहरूले अलि असुविधा महसुस गरे ? ‘यी कमरेडहरू कदाचित् श्रमिक जनसमूह, किसान र सैनिकहरूको सम्पर्कमा आएका होलान्, उनीहरूलाई सम्झने वा उनीहरूको अध्ययन गरेका होलान्, उनीहरूमा यिनको घनिष्ठ मित्र छैन होला र उनीहरूलाई चित्रण गर्न राम्रो मान्दैन होला केही मामिलामा उनीहरू श्रमिक, किसान र सैनिकका प्रिय थिए तथा कार्यकर्ताहरू उनीहरूबाट प्रभावित हुन्थे । तर तिनीहरूलाई उनीहरूले मन नपराएको समय पनि थियो र केही अवस्था पनि छन् जसमा उनीहरूले तिनलाई मन पराउँदैनथे : तिनको भावना वा तिनको चालचलन वा तिनको अपरिपक्व साहित्य वा कला (भित्ते पत्रिका, भित्ते चित्र, लोकगीत, लोककथा इत्यादि) । जुन समयमा उनीहरूलाई यी वस्तु पनि प्रिय लाग्थे त्यो त्यतिबेला हुन्थ्यो जब उनीहरू नयाँपना खोज्थे, उनीहरूले आफ्नै काम सुन्दर पार्न बा यतिसम्म कि विगतका विशेष सुविधा प्राप्तिका निम्ति हुन्थ्यो ।’
चिनियाँ समाजवादमा माओले देखेको कला र संस्कृतिले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्थ्यो । विशेषगरी जापान र च्याङ काइसेकका राष्ट्रवादीमाथि जसै जीत हासिल भयो कम्युनिस्ट जनवादी गणतन्त्र चीनमा व्यापकस्तरमा वैचारिक व्यवस्था सञ्चालनको स्वीकारोक्ति उहाँलाई प्राप्त भयो ।
सांस्कृतिक क्रान्ति अवधि तथा रचनात्मक क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका र प्रचारप्रसारको प्रयोगमा अध्यक्ष माओका पछिल्ला नीतिहरूको दूरगामी प्रभाव हुने थियो । इमान्दारीमा तिनी हुर्किए, जसको सहारामा माओ त्सेतुङले दुई शत्रुसँग युद्धको सापमा समेत साहित्यमा ध्यान दिनुभयो ।
साभारः माओ त्सेतुङ्बारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *