भर्खरै :

आठ दलको संयुक्त विज्ञप्ति हातको चरा छोडेर वनको चरा खोज्ने ?

आठ दलको संयुक्त विज्ञप्ति हातको चरा छोडेर वनको चरा खोज्ने ?

काठमाडौँ, २८ भदौ । संसद्मा भएका आठ दलहरूको एउटा संयुक्त विज्ञप्ति भदौ २८ गते प्रकाशित भयो । आठ दलमध्ये नेका, एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल सत्ता पक्षका हुन् भने नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी विपक्षी पार्टी हुन् ।
विज्ञप्तिमा असंवैधानिक ढङ्गले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको कदमलाई स्वीकार नगर्ने उल्लेख गर्दै ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग सम्बोधन गर्न’ माग गरियो ।
नेपालीमा एउटा उखान छ, ‘हातको चरा उडाएर वनको चरा समाउने’ । नेका, एमाले, माओवादी केन्द्रले आ–आफ्नो सरकार हुँदा जनताको माग सम्बोधन नगरेको हुँदा आजको सङ्कट उत्पन्न भएको किन स्वीकार गर्दैनन् ?
नेकाका पूर्णबहादुर खड्का, माओवादीका वर्षमान पुन, नेकपा (एस) का माधवकुमार नेपालले भदौ २६ गते बेलुकी राष्ट्रपतिसँगको भेटवार्तामा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउने र उनको सिफारिसमा प्रतिनिधिसभा विघटनको सिफारिस गराई आउने फागुन २१ गते निर्वाचन गराउने सहमति गरेका होइनन् र ¤ माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग फोनवार्ता गर्नुभएको थियो । यो विषय भदौ २७ गतेको आम सञ्चार माध्यममा छ्यापछ्याप्ती प्रकाशित भएको होइन र ? नेका, एमाले, माओवादी केन्द्र, नेकपा (एस) को यस्ता दोहोरो चरित्रको कारण अहिलेको सङ्कट उत्पन्न भएको होइन र ?
एमाले, माओवादी केन्द्र र नेकपा
(एस) कस्ता कम्युनिस्ट पार्टी हुन्, पालैपालो नेकाको काँधमा बसेर कम्युनिस्टविरोधी सरकारमा पटक पटक शयर गर्ने ?
एमाले, माओवादी केन्द्र र नेकपा
(एस) का बुद्धिजीवीहरूले आ–आफ्ना नेताहरूलाई सचेत गराउनु पर्दैन ? के फेरि एकल वा संयुक्त भएर जनताको टाउकोमा मकै भुट्न आठ दलको संयुक्त विज्ञप्ति प्रकाशित भएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *