भर्खरै :

लोकेश्वर साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम

लोकेश्वर साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम

भक्तपुर, ६ फागुन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८१/०८२ को अर्धवार्षिक समीक्षा सम्पन्न भयो ।
कार्यक्रममा साबिक भक्तपुर नपा वडा नं. १५ का पूर्ववडाध्यक्ष एवं संस्थाका संस्थापक सदस्य रवीन्द्र खर्बुजाले सहकारी संस्थाहरूले विभिन्न माध्यमबाट सदस्यहरूलाई जानकारीमूलक सूचनाहरू नियमितरूपमा प्रवाहित गर्नुपर्ने बताउनुभयो । समाज परिवर्तनको मुख्य आधारको रूपमा समुदायमा आधारित सहकारीहरूले प्रमुख भूमिका खेल्नुपर्ने बताउँदै उहाँले आर्थिक पारदर्शिताले नै सहकारीप्रति विश्वास बढ्ने कुरा औँल्याउनुभयो ।
उहाँले फागुन ८ गते भक्तपुरमा सहिद दिवस मनाउनुको अन्तर्य खोतल्दै पञ्चायती निरङ्कुशता अन्त्यको बीउ भक्तपुरबाट रोपेको बताउँदै नेपाल मजदुर किसान पार्टीको फागुन १६ गतेदेखि हुन गइरहेको पार्टीको आठौँ महाधिवेशनको सफलताको कामना गर्दै भक्तपुर काठमाडौँ ¥यालीबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरूको बारेमा चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका २ का वडा जनप्रतिनिधि एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले सरकारबाट जारी गरेको सहकारी अध्यादेशले ठुलालाई चैन सानालाई ऐन हुन टेवा पुग्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरभित्रका समस्याग्रस्त सहकारीहरूको नियमित अनुगमन एवं पहिचान गरी जनतालाई सुसूचित पार्ने कार्य गरिरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरलाई नमुना नगरको रूपमा विकास गर्न शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, प्रविधि तथा नैतिक शिक्षालाई पनि उतिकै जोड दिँदै अगाडि बढिरहेको बताउँदै उहाँले नगरपालिकाको उद्देश्यलाई टेवा पु¥याउन नगरभित्रका सहकारीहरूबाट हातेमालो गरी अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्था स्थापनाकालदेखि नै सदस्यहरूको आर्थिक, सामाजिक विकासको लागि विभिन्न समय सापेक्ष गतिविधिहरू गरिरहेको बताउनुभयो । सरकारबाट जारी अध्यादेशले समुदायमा आधारित सहकारीको हित नहुने औँल्याउँदै उहाँले अध्यादेशमा संशोधन गर्नुपर्ने बुँदाहरूसम्बन्धी जानकारी दिनुभयो ।
संस्थाका पूर्वअध्यक्ष रामसुन्दर सुजखुले सहकारी अध्यादेशमा परिमार्जनको लागि सम्पूर्ण सहकारीकर्मीहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले अर्धवार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन र विभिन्न ९ वटा उपसमितिहरूबाट आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *