भर्खरै :

विश्वले माओलाई किन चिन्नुपर्छ ?

विश्वले माओलाई किन चिन्नुपर्छ ?

सन् १९७६ मा निधन हुनु पहिलेसम्म माओ त्सेतुङले चीनमा शासन गर्नुभयो । उहाँको सम्पर्ण जीवन आफ्नो देश र जनताप्रति समर्पित रह्यो । राजनीतिक, दार्शनिक र सैनिक विचारमा उहाँको तात्पर्यको अझै पनि अध्ययन भइरहेको छ र अझै पनि कम्युनिस्ट राज्य रहेको चीनमा ती परमपूजनीय छन् ।
यस्तो स्थायी श्रद्धा दसौँ लाख मानिसको जीवनमा माओको परम प्रभावको साक्षी हो । जो उहाँको शासनको अन्तिम दशकसम्म गरियो । आफ्नो अन्तिम चरणमा माओवाद आफै खतरामुक्त थिएन । यो कहाँ गलत भयो भन्ने पहिचान गर्नका लागि त्यसको मूल कारण खोज्नु महत्वपूर्ण हुन्छ ।
सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना माओको क्रान्तिको समापन थिएन । पछिल्ला वर्षहरूमा उहाँले आफूले प्रतिक्रान्तिकारी र वर्गीय शत्रु देखेकाहरूविरुद्ध लडाइँ जारी राख्नुभयो । यो सधैँ सैनिकको मात्र लडाइँ थिएन । माओले जमिनदार र पुँजीवादीहरू, पूर्वराष्ट्रवादी अधिकारीहरू र विदेशीका साथै आफ्नो नीतिको विरोध गर्ने बौद्धिक र राजनीतिक विश्लेषकहरूलाई निर्मूल पार्न भूमिसुधार, कृषि नीति (ग्रामीण जीवनको सामूहिकीरणका माध्यमबाट औद्योगिकीकरण अगाडि बढ्ने नीति) र बाध्यात्मक पुनर्शिक्षा कार्यक्रम लागु गर्नुभयो ।
यी शत्रुको १० वर्षसम्म लगातार अत्याचार (खेदो) पछि माओ त्सेतुङले ‘अविरल क्रान्ति’ घोषणा गर्नुभएको थियो । प्रतिक्रियावादीहरूलाई हिरासतमा लिने र मार्ने कार्यको विरुद्धमा माओ भए पनि सामूहिक मृत्युदण्ड र जेल हाल्ने क्रम बढेर गयो । समष्टिवाद र समतावादको अभिलाषा राख्ने जनताद्वारा नव विशेषाधिकार वर्गमा परेका पार्टीका बुद्धिजीवी र कार्यकर्ताको आलोचना र उनीहरूमाथि आक्रमण हुन थालेको थियो । स्पष्टरूपमा यसरी अराजकता र कठिनाइ व्यापक भयो ।
आफ्नो क्रान्तिकारी धुनले जनतालाई ठुलो मूल्य चुकाउन लगाउने माओ मात्र एक्ला नेता हुनुहुन्न । उदाहरणको लागि स्तालिनको शासनमा रहेको सोभियत सङ्घमा कम्युनिस्ट पार्टीका नाममा आतङ्क मच्चाउने प्रहरी राज्यमा जनता सधैँ डरमा जिउँथे । द्वितीय विश्वयुद्धताका अधिकांश कम्युनिस्ट देशमा यस्तै हुनेगथ्र्यो । त्यहाँ तानाशाहले कम्युनिस्ट पार्टीको सुरक्षा भन्दै मानव अधिकार हननका घटनाको बचाउ गर्दथे ।
विचारणीय कुरा के छ भने आर्थिक र राजनीतिक कारण २० औँ शताब्दीको अन्ततिर दुर्घटनामा परेका राज्यहरूमा साम्यवाद बाँच्न सकेन । तर, चीनको कम्युनिस्ट पार्टी शीतयुद्ध समाप्त भएको २५ वर्षपछिसम्म अविवादित रहेको छ । चीनको कम्युनिस्ट पार्टीको अस्तित्व र बलले माक्र्सवादी सिद्धान्त र वर्गीय सङ्घर्षमा माओको आफ्नै विश्लेषणात्मक अवधारणा सोभियत स्वरूपभन्दा बढी प्रभावकारी रहेको सङ्केत गर्छ । यसो किन भयो ? सोध्नु पनि चाखलाग्दो प्रश्न हुन्छ । के माओ आफ्नो जनताका सर्वश्रेष्ठ न्यायाधीश हुनुहुन्थ्यो ? के वर्गविहीन समाजका लागि स्वाभाविक रूपमा चीन बढी उपयुक्त थियो ?
माओ र अन्य कम्युनिस्ट नेताबिचको मुख्य भिन्नता के थियो भने माओले आक्रमण गर्ने लक्ष्य कुलीन वर्ग, पार्टीका शान्तचित्त कार्यकर्ता थिए । माओले जहिले पनि ‘दुर्बलको शक्ति’ को प्रतिनिधित्व गर्नुभयो । १९ औँ शताब्दीदेखि चीन कमजोर र शोषित राष्ट्र थियो । आफ्नो शासकहरू (सीपीसी र त्यसका समर्थक) को दाँजोमा चिनियाँ किसानहरू क्रान्ति अवधिमा दुर्बल थिए र तिनीहरूको विद्रोह दुर्बलहरूको विद्रोह थियो ।
यो भन्नुमा कुनै अतिशयोक्ति हुँदैन । माओले सधैँ बलियाहरूको विरोध गर्नुभयो । त्यो चाहे अमेरिका, सोभियत सङ्घ वा विश्वमा शक्तिमा रहेका कोही अरु हुन् । उहाँ कमजोरकै पक्षमा उभिनु भएको थियो । तब भन्न सकिन्छ, माओले क्रान्तिकारीको कठोर रूप प्रदर्शित गर्नुभयो । कमजोरले बलियामाथि जीत हासिल गर्नसक्ने माओले देखाउनुभयो, शोषितले विशेषाधिकार प्राप्त भएकाहरूलाई हराउन सक्छन्, सुको नभएका गरीबले धनीलाई परास्त गर्नसक्छ र सानो राष्ट्रले ठुला शक्ति राष्ट्रहरूलाई हराउन सक्छ ।
क्रान्तिमा सफलता हासिल गरेपछि माओले जोर दिनुभयो । यदि सीपीसीले दुर्बलहरूको प्रतिनिधित्व नगरी बलियाको पद धारण गर्छ भने पार्टी अस्तित्वमा रहने छैन । सीपीसी र सोभियत सङ्घ तथा विश्वको अन्य क्षेत्रका कम्युनिस्ट पार्टीबिचको यही नै भिन्नता हो । चीनबाहेकका देशमा क्रान्ति जितेपछि कम्युनिस्ट पार्टीले आफूलाई बलियो बनाएका छन् ।
सन् १९५८ मा माओले चीनमा तिव्र आर्थिक विकासलाई प्रोत्साहित गर्न एउटा योजना घोषणा गर्नुभयो । दी ग्रेट लिप फर्वार्ड नाम दिइएको यो अभियानले आफ्नो लक्ष्य प्राप्त गर्न श्रमिक र सामूहिकीकरणमा भरोसा गर्यो । आगामी पाँच वर्षमा भोकमरीले ज्यान गुमाएका चिनियाँको सङ्ख्यालाई हेर्दा दी ग्रेट लिप फर्वार्डलाई कदाचित सफल भएको भन्न सकिन्छ । अर्कोतर्फ आज विश्वमा चीन तिव्र र ठुलो आर्थिक वृद्धि भएको देश भएको छ । चीनको आर्थिक शक्तिमा माओ त्सेतुङलाई केही श्रेय दिन मिल्छ । आफ्नो कठिनाइमाथि विजय प्राप्त गर्न चीनले विदेशी सहयोग र चीनमा स्वदेशीलाई काममा लगाउन विदेशीको काम गर्ने चिनियाँ बुर्जुवाभन्दा आफ्नो दसौँ लाख किसानमा भर पर्नु पर्छभन्नेमा माओको विश्वासलाई उहाँको ठुलो योगदानको रूपमा लिन सकिन्छ । च्याङ काइसेकको शासन मिल्काउन र जनवादी गणतन्त्र चीन स्थापना गर्नमा माओ र सीपीसीलाई ग्रामीण चीनको सहयोग रहेको थियो । आफ्नो निष्कपट उत्साह र आफ्नो व्यक्तिगत हीतको मूल्य चुकाएर चीनको औद्योगिकीकरणमा अगाडि बढ्ने उनै किसान हुन् । आर्थिक महाशक्तिका रूपमा आज चीनलाई स्थापित गराउने उनै किसान हुन् । चीनको सामाजिक स्तरमा तल्लोवर्गमा पर्ने ग्रामीण क्षेत्रका प्रवासी श्रमिकले आफ्नो पसिना र आँसुबाट आजको चीनलाई आर्थिक चमत्कारपूर्ण बनाएका छन् । उनीहरूबाट विश्वमा सस्तोमा सरसामान उपलब्ध हुने गरेको छ ।
चीनको इतिहासमा मात्र होइन विश्वकै इतिहासमा चिनियाँ किसानलाई उपेक्षित वर्गमा राखिएको थियो । यी माओ नै हुनुहुन्छ जसले तिनीहरूलाई इतिहासको मुख्य पात्र बनाइदिनुभयो र भन्नुभयो, ‘किसान अमर रहून् ।’ सादा जीवन, सामान्य खाना र देशमा प्रसन्नचित्त भएर बसेकाले माओलाई किसानको राजा पनि भनियो । माओले समग्र चीन र विश्वलाई भन्नुभएको थियो, चिनियाँ किसान र ग्रामीण क्षेत्र नबुझेमा कसैले पनि वास्तविक चीनको जानकारी पाउँदैन । ५६ जातीय राष्ट्रियता भएका मानिसको बसोबासको देश चीनको इतिहास हजारौँ वर्ष पुरानो छ ।
आफ्नो जीवनकालमा माओले पार्टीभित्रका कयौँ बुद्धिजीवी र कार्यकर्ताको घृणा र श्राप बेहोर्नु परे पनि उहाँको तस्वीर अझै पनि चीनका ग्रामीण क्षेत्रका लगभग हरेक घरपरिवारको भित्तामा झुण्ड्याइएका छन् । ८० करोड ग्रामीण चिनियाँको नजरमा अझै कयौँ भयानक परिणामसहित ल्याएको माओवाद एउटा विवादास्पद विचारधारा हो । आतङ्ग र गरीबीको दुष्चक्रबाट बाहिर निस्केर करीब आधा शताब्दीमै एउटा महाशक्ति राष्ट्रमा परिणत भएको राष्ट्रलाई सहारा दिने यो एउटा विश्वासिलो प्रणाली पनि हो । चीन सरह माओ त्सेतुङ आफ्नो दृष्टिकोणबाट रूपान्तरित हुनुभयो । सादा ग्रामीण मूल तथा उत्स्क दिमाग भएका माओ त्सेतुङ अध्यक्ष साजा बन्नुभयो । एउटा यस्तो शासक जसको जीवनगाथा नियन बनेको थियो र जसको निर्णयमा प्रश्न उठ्दैनथ्यो ।
यदि एउटा मात्र यी माओ भएको भए चीन आज कत्तिको फरक हुन्थ्यो ? अध्यक्ष माओका चार योगदान पहिलो, १९ औँ शताब्दीदेखि विश्व व्यवस्थामा वर्चस्व बनाइरहेको पश्चिमा शक्तिको प्रारम्भिक आलोचकका रूपमा अध्यक्ष माओ परिचित हुनुहुन्छ । आफ्नो सिद्धान्त छापामार युद्ध र तीन विश्व तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त र सन् १९५५ को बाडुङ सम्मेलनको भावनाको अनुशरणले उहाँलाई पश्चिमा शक्ति राष्ट्रहरूको आलोचक देखाउँछ ।
दोस्रो, अध्यक्ष माओ समग्र मानव सङ्ख्याको पाँच भाग ओगट्ने ठुलो चिनियाँ जनसङ्ख्यालाई एकजुट गराएर एकल एकीकृत राष्ट्र बनाउने व्यक्तिका रूपमा समेत परिचित हुनुहुन्छ ।
तेस्रो, अन्यसँग मिलेर कम्युनिस्ट पार्टी अफ चाइना स्थापना गर्ने तथा त्यसै अवधिमा त्यसको प्रखर आलोचक पनि बनेको पहिचान पनि उहाँको छ ।
चौथो, चिनियाँ जनतासँग आफ्नो समन्वयका लागि पनि अध्यक्ष माओ परिचित हुनुभयो । जो अझै पनि कठिनाइ वा असफलतामा उहाँलाई सोच्छन् र आफ्नो व्यक्तिगत भाग्यमा आधुनिक चीनको भाग्य देख्छन् ।

साभारः माओ त्सेतुङबारे अध्ययन

Leave a Reply

Your email address will not be published. Required fields are marked *