अवरुद्ध पुँजीवादको भ्रामक कल्पना
- आश्विन २५, २०८२
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने नेपाल मजदुर किसान पार्टीको यही फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा आठौँ महाधिवेशन हुने भएको छ । यो सिद्धान्तलाई आफ्नो देशको वस्तुगत परिस्थितिअनुसार लागु गर्ने मान्यताका साथ समाजवादी प्रचार अभियानमा जुटिरहेको नेमकिपाको आठौँ महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीको खुला जग्गामा हुनेछ । देशका मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, उद्योगी, व्यापारी, पत्रकार, पेसाकर्मी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अवकाशप्राप्त कर्मचारीलगायत सम्पूर्ण श्रमजीवीको हकहितको संरक्षण तथा संवद्र्धनको लागि सङ्घर्षशील नेमकिपा देशको सार्वभौमिकता, भूअखण्डता रक्षाको निम्ति लडिरहेको पार्टी हो ।
सर्वहारा अन्तर्राष्ट्रवादी भावना बोकेर विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोधमा लडिरहेको पार्टीको महाधिवेशनलाई सफल पार्नु सबै देशभक्त, शोषित पीडित न्यायप्रेमी जनताको दायित्व हो । महाधिवेशन सफल पार्न नै नेमकिपाका नेता तथा कार्यकर्ताहरू जिल्ला जिल्लामा खटिरहेका छन्† खटेर प्रचारप्रसार गरिरहेका छन् । महाधिवेशनमा सरिक हुन जिल्ला जिल्लामा आवश्यक गृहकार्य भइरहेको खबर छ । विभिन्न जातजाति, भाषाभाषी, दुर्गम र सीमान्तकृत शोषितपीडित कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्दै अघि बढिरहेको नेमकिपा देशमा शोषणरहित समाज स्थापना गर्न सङ्घर्षरत छ । शोषित पीडित जनताको न्यायपूर्ण सङ्घर्षमा नेमकिपा अगाडि छ । संसारको कुनै पनि कुनाकाप्चामा रहेका श्रमजीवी जनताको आन्दोलन र सङ्घर्षलाई समर्थन र ऐक्यबद्धता जनाउँदै आएको नेमकिपा देश र जनताको निम्ति लड्ने कम्युनिस्ट पार्टी हो । सङ्घर्षविना देशमा मौलिक परिवर्तन नहुने मान्यता राख्ने नेमकिपा पुँजीवादी व्यवस्थामा संसदीय माध्यमबाट समाजवाद स्थापना हुन्छ भन्ने कुरामा विश्वास गर्दैन ।
नेमकिपा साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद, संशोधनवाद, अराजकतावाद, वामपन्थी र दक्षिणपन्थी अवसरवाद, आत्मसमर्पणवाद, सङ्कीर्णवाद र जातिवादको विरोध गर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले समाजवाद स्थापना गर्दैन भन्ने नेमकिपाको मान्यता हो । देशमा मौलिक परिवर्तन सङ्घर्षविना सम्भव छैन । यो पुँजीवादी व्यवस्थामा रहेर कम्युनिस्ट भनिने ठुला दलले पटक पटक सरकारको नेतृत्व ग¥यो । तर, कुनै मौलिक परिवर्तन भएन; गरिएन । यो लोकतान्त्रिक गणतन्त्र पुँजीवादी प्रजातन्त्र भएको हुनाले यसले बहुमत कामदार जनताको हित गर्दैन; गरेको छैन । यो कुरा घटनाक्रमले पुष्टि गरिसकेको छ । समाजवादी गणतन्त्रले मात्रै व्यापक मजदुर किसानको हित गर्नेछ । अतः नेमकिपा समाजवादी गणतन्त्रको पक्षमा छ; समाजवादी गणतन्त्र ल्याउने अभियानमा छ ।
समाजवादी गणतन्त्र फुक्दैमा स्थापना हुने होइन । समाजवादी गणतन्त्र स्थापना गर्न नेता तथा कार्यकर्तामात्र होइन व्यापक जनतालाई सचेत र सङ्गठित गर्नु आवश्यक छ† जनतालई सिद्धान्तनिष्ठ बनाउनुपर्छ; कर्तव्यपरायण नागरिक तयार गर्नुपर्छ । निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने देशभक्त, अनुशासित र दृढ इच्छा शक्ति भएका क्रान्तिकारी नागरिक तयार गर्नु आवश्यक छ । बहुमत जनता सचेत र सङ्गठित नभइकन आमूल परिवर्तन सम्भव छैन भन्ने कुरा माओवादीले थालेको दसवर्षे ‘जनयुद्ध’ ले पुष्टि गरिसकेको छ । माओवादी ‘जनयुद्ध’ आत्मसमर्पणमा टुङ्गिएको हो । क्रान्तिकारी बाटो छोडेर सरकारसामु आत्मसमर्पण गरिएको हो । अतः पुँजीवादी व्यवस्थामा रमेर समाजवाद सम्भव छैन ।
कुनै कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको विरोध गर्दैन; त्यस विचारधारालाई बङ्ग्याउने काम गर्दैन । कम्युनिस्ट पार्टीले जातीय साम्प्रदायिकता तथा क्षेत्रीय स्वार्थ खोज्दैन । सर्वहारा अन्तर्राष्ट्रवादी भावनाअनुसार विभिन्न देशमा हुने पुँजीवाद, साम्राज्यवाद, विस्तारवादविरोधी सङ्घर्ष र अन्य जनताका न्यायोचित आन्दोलनप्रति कम्युनिस्ट पार्टी समर्थन र ऐक्यबद्धता जनाउँछ । तर, आफूलाई कम्युनिस्ट भनिने पार्टीका नेताहरू जातीय राजनीति गर्छन्; साम्राज्यवाद र विस्तारवादको विरोध गर्दैनन्; उनीहरू सत्तास्वार्थको निम्ति सिद्धान्त र विचार छोड्छन्; अवसरवादी बन्छन् । वर्गीय शत्रु र मित्रको कुनै ख्याल नगरी सत्तामा जान, सरकारको नेतृत्व गर्न जुनसुकै दलसँग सत्ता भागबन्डा गर्छन्; जित्नको लागि जुनसुकै दलसँग चुनावी गठबन्धन गर्छन् । नेमकिपाको यो अधिवेशन पनि समाजवादी प्रचार अभियानकै सिलसिला हो । देश र जनताको निम्ति सङ्घर्षरत पार्टीको महाधिवेशन सफल पार्न सबै न्यायप्रेमी जनताले साथ दिनुपर्छ । जुलुसमा सामेल भएर अधिवेशन सफल पार्नुपर्छ । जिल्ला जिल्लाका नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक सबै जुलुसमा सरिक हुनुपर्छ; महाधिवेशनलाई भव्य र सभ्य बनाउनुपर्छ ।
Leave a Reply