कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, माघ २८ । भक्तपुरको थालाछेंमा आइतबार राति ३ बजे आगलागी भएको छ । बिजुलीको सर्ट सर्किट हुँदा वरपर रहेको काठको धुलो जलेर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय बाबुकाजी शिल्पकार र पुण्यराम घटुवाको घर पछाडिको टहरामा सल्केको आगो नियन्त्रणमा लिन राति नै दुई वटा दमकल परिचालन गरिएको थियो । टहरामा सिकर्मी काम गरिने गरेको र त्यहाँ पुराना काठको भण्डारण गरिएको स्थानीयले बताए ।
आगलागीका कारण कुनै मानवीय क्षति नभए पनि टहरा पूर्ण रुपमा जल्नुका साथै वरपरका घरका झ्यालका सिसासमेत चर्केको छ ।
आगो बिहान ५ बजेमात्र नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शी एवं उद्वारकर्मीहरुले बताए ।
Leave a Reply