नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई उपयुक्त समयमा प्रजग कोरियाको भ्रमण गर्न निमन्त्रणा गरेका छन् ।
मुनका प्रवक्ता किम इउ–क्योमले टेलिभिजनमा प्रसारण गरिएको सञ्चार साक्षात्कारमा प्रजग कोरियाली नेताका बहिनीले किम जङ उनको पत्र मुनलाई बुझाएको बताएका थिए । पत्रमा किमले दुई कोरियाबीचको सम्बन्ध सुधारको लागि चाहना व्यक्त गरेका छन् ।
किमकी बहिनीले आफ्नो दाजु उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई सकेसम्म चाँडो भेट्न चाहेको सन्देश लिएर आएकी थिइन् ।
मुन र हाल दक्षिण कोरियामा रहेका ओलम्पिक प्रतिनिधिमण्डलबीचको भेटघाटमा क्रममा उनकी बहिनीले आफ्नो दाजुको पत्र बुझाएकी थिइन् । उनकी बहिनी कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिकी प्रथम उपनिर्देशक हुन् ।
उनको पत्रप्रति प्रतिक्रिया दिंदै मुनले भनेका थिए,‘अघि बढ्ने परिस्थिति बनाऔं र भेटघाट पनि गरौं।’
दक्षिण कोरियामा प्रजग कोरियाको नेतृत्व त्यहाँको सर्वोच्च जनसभाको अध्यक्षमण्डलका अध्यक्ष किम योङ नामले गरेका छन् । प्रतिनिधिमण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष छोई वी र पितृभूमि शान्तिपूर्ण पुनःएकीकरण समितिका अध्यक्ष रि सन ग्वाङ पनि सहभागी छन् ।
दुई पक्षबीचको भेटघाट झण्डै तीन घण्टासम्म चलेको थियो ।
साढे आठ वर्षपश्चात प्रजग कोरियाको तर्फबाट दक्षिण कोरियाको राष्ट्रपति भवन परिसरमा भ्रमण गरेको यो पहिलो पटक हो ।
अगस्ट सन् २००९ मा तात्कालीन दक्षिण कोरियाली राष्ट्रपति किम दाए जङ निधनप्रति शोक व्यक्त गर्न प्रजग कोरियाको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाली राष्ट्रपति भवनमा पुगेको थियो । त्यसयता त्यहाँ भ्रमण गर्ने यो नै पहिलो प्रजग कोरियाली प्रतिनिधिमण्डल हो ।
प्रजग कोरियाली प्रतिनिधिमण्डल आइतबार आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।
Leave a Reply