ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, २७ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा भएको अन्तरसमाज फुटबल प्रतियोगिता यो वर्ष सहकारी अध्ययन समाज नेपालले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा विजेता सहकारी अध्ययन समाज नेपालले उपविजेता चिकित्सक समाज नेपालको टोलीलाई २–० को अन्तरमा पराजीत गरेको थियो ।
फुटबल प्रतियोगिताका विजेता, उपविजेता तथा सहभागी टोली र खेलाडीहरुलाई शनिबार नै भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सुवालले नेपालको सार्वभौमिकता रक्षाको लागि खेलाडीहरु सचेत र सक्रिय हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले नेपालका पूर्वप्रधानमन्त्री र हुने प्रधानमन्त्रीहरु भारतका एक जना मन्त्रीलाई भेट्न होटल–होटल चहार्नु कुटनीतिक मर्यादाविपरीत भएको बताउनुभयो । उहाँले शासक दलका नेताहरुमा चुनाव नेपाली जनताले जिताए पनि प्रधानमन्त्री बन्न भारतीय शासकहरुको सेवा गर्नुपर्ने पराधीन सोच बाँकी रहेको बताउनुभयो ।
खेलाडीहरु देशको सार्वभौमिकता रक्षाको विषयमा सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले खेलकुदमार्फत् बनेको मित्रता दिगो हुने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले खेलकुदलाई राजनीतिक परिवर्तनको लागि प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले स्वस्थ्य व्यक्तिले मात्र देशको सार्वभौमिकता जोगाउन सक्नेमा जोड दिंदै स्वस्थ्य युवाहरु तयार गर्न खेलकुद गतिविधि खाँचो भएको बताउनुभयो ।
पत्रकार समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले खेलाडीहरु देश र विदेशको राजनीतिक अवस्थाबारे पनि जानकारी हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ बाह«ौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक नीरज लवजूले समाजवादी देशहरु खेलाडीहरुलाई देशकै सम्मान र परिचयको रुपमा लिने गरेको तर पूँजीवादी देशहरुले खेलकुदलाई पनि व्यापार र विज्ञापनको विषय बनाउने गरेको धारणा राख्नुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाको सभापतित्वमा भएको कार्यक्रममा समाजका सदस्यहरु दिलकृष्ण माक र शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा नेमकिपासम्बद्ध आठ वटा पेशागत समाजहरुका टोलीहरुको सहभागिता थियो ।
Leave a Reply