भर्खरै :

महाधिवेशन सफल गर्न स्वयंसेवक भेला सम्पन्न

महाधिवेशन सफल गर्न स्वयंसेवक भेला सम्पन्न

भक्तपुर, १४ फागुन । फागुन १६, १७, १८ र १९ गते हुने नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न स्वयंसेवकहरूको बृहत् भेला बुधबार सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टीको आठाँै महाधिवेशन स्वयंसेवक परिचालन समिति संयोजक उकेश कवांले ¥यालीको नेतृत्वकर्ता ,मेडिकल टोली, विद्यार्थी समूह र माइकिङ गाडीबारे जानकारी दिँदै महाधिवेशन सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले महाधिवेशनमा विभिन्न ठाउँबाट ६ वटा ¥याली हुने र कोटेश्वरबाट आउने जुलुसमा काठमाडौँ, ललितपुर र पश्चिम जिल्लाका पार्टी कार्यकर्ता, शुभेच्छुक र समर्थक सहभागी हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मीनबहादुर बाटाले पार्टीको महाधिवेशन सम्पन्न गर्न दिएको जिम्मेवारी पूरा गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वयंसेवक समिति सदस्य जी. पी. लासिवाले जुलुसको रुट, ¥यालीको सेदुल, स्वयंसेवकको बन्दोबस्त र सभास्थलबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *