भर्खरै :

परिवर्तनको निम्ति सङ्घर्षरत नेमकिपाको अधिवेशन भोलि

परिवर्तनको निम्ति सङ्घर्षरत नेमकिपाको अधिवेशन भोलि

माक्र्सवादलाई विश्वासघात गर्ने संशोधनवादी, अवसरवादी तथा भारतीय फासीवाद र अमेरिकी साम्राज्यवादसामु झुक्ने नीति र विचार बोक्ने पुँजीवादी दलहरूसँग नेमकिपाको सैद्धान्तिक सङ्घर्ष चालु छ । कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको वास्ता नगरी खाली क्रान्तिको फलाको गर्ने जडसूत्रवादी उत्ताउला कम्युनिस्टहरूको खोटो विचारको विरोधमा पनि नेमकिपाको सैद्धान्तिक सङ्घर्ष जारी छ । कम्युनिस्टको सिद्धान्त र विचार कार्यकर्ता तथा जनतामाझ नपु¥याउने अवसरवादी र संशोधनवादी दलहरूबारे पनि जनतालाई सुसूचित पार्नु सच्चा कम्युनिस्टको जिम्मेवारी हो । त्यो जिम्मेवारी नेमकिपाले निर्वाह गरिरहेको छ । यसरी कम्युनिस्ट आन्दोलनलाई मार्गनिर्देशन गर्ने नेपाल मजदुर किसान पार्टीको आठौँ अधिवेशन यही फागुन १६ गतेदेखि हुँदै छ । मुखले समाजवाद र जनतालाई सुखी बनाउने जस्ता विश्वासघातीहरूलाई जनतामाझ पु¥याउने दल नेमकिपाको अधिवेशन सफल पार्नु, सफल पार्न सहयोग गर्नु हामी सबैको दायित्व हो ।
नेमकिपाले क्रान्तिकै निम्ति दीर्घकालीन सोच राखेर संसद्लाई कामदार जनता, देशको स्वतन्त्रता, सार्वभौमिकता र समाजवादको पक्षमा उपयोग गर्नु ‘क्रान्तिकारी संसद्वाद’ हो । विगतमा अमेरिकी साम्राज्यवादले अफगानिस्तान, इराक, लिविया र सिरियामा गरेको आक्रमण, प्रजग कोरिया र क्युवामाथिको नाकाबन्दी र अमेरिकी साम्राज्यवादले भेनेजुयलाको आन्तरिक मामिलामा गरेको हस्तक्षेपको विरोधमा संसद्मा आवाज उठाउनु क्रान्तिकारी संसद्वादका दृष्टान्तहरू हुन् । त्यस्तै पछिल्लो समयमा नेपाली कानुन मान्य नहुने एक अमेरिकी कम्पनीसँग एमसीसी सम्झौता, विदेशी नागरिकलाई जन्मको आधारमा नेपाली वंशजको नागरिकता दिने विधेयकको विरोधमा संसद्मा आवाज उठाउनु पनि ‘क्रान्तिकारी संसद्वाद’ को दृष्टान्त हो । नेमकिपाले पुँजीवादी संसदलाई उपयोग गरेर देश र जनताको पक्षमा आवाज बुलन्द गरिरहेको छ भने सडकमार्फत पनि देश जोगाउन र बनाउनको निम्ति सङ्घर्ष गरिरहेको छ । यसबाहेक नेमकिपाले गरिरहेको अर्को महत्वपूर्ण पाटो भनेको समाजवादी प्रचार अभियान हो† जनताको सैद्धान्तिक, वैचारिक, सांस्कृतिक स्तर उठाउनको निम्ति गरिरहेको प्रशिक्षण पनि हो । परिवर्तन गर्नु छ भने जनता सचेत र सङ्गठित हुनुपर्छ । नेमकिपाले देशमा परिवर्तनको बाटो तयार गरिरहेको यो अर्को महत्वपूर्ण पाटो हो । नेमकिपाले आ–आफनो क्षेत्रमा कामदार वर्ग र जनतालाई राजनीतिकरूपले सचेत पारिरहेको छ ।
हिमाल, पहाड र तराईका सम्पूर्ण कामदार जनता, शोषित पीडित जनता, उत्पीडित जनताको प्रतिनिधित्व गरेर राजनीति गरिरहेको दल नेमकिपा हो । देशमा आमूल परिवर्तन गर्नु छ भने देशभरिका सबै कामदार जनतालाई सचेत गर्नुपर्छ; सङ्गठित गर्नुपर्छ । नेमकिपाले यही आधार तयार गरिरहेको हो । आमूल परिवर्तन त्यति सजिलैसँग हुँदैन, चाहेर या हतारिएर चाँडै हुने होइन । देश, काल र परिस्थिति मिल्नुपर्छ; बाह्य राजनीतिक वातावरण पनि मिल्नुपर्छ । यो उद्देश्य प्राप्त गर्न नै नेमकिपाले देशमा व्यापक जनता, देशभक्त र राष्ट्रिय पुँजीपति वर्ग मिलेर जनताको प्रजातन्त्र स्थापना गर्नुपर्ने बाटो बुनेको हो । जनताको प्रजातन्त्र स्थापनाको निम्ति मजदुर, किसान, बुद्धिजीवी, स–साना व्यापारी र देशभक्त पुँजीपतिवर्गको अवधारणा नेमकिपाले ल्याएको हो । जनताको प्रजातन्त्र प्राप्त गर्नको निम्त आन्दोलनरत नेमकिपाको आठौँ अधिवेशन सफल पार्न हामी काँधमा काँध र हातमा हात मिलाई नेमकिपाको झन्डामुनि गोलबन्द हुनु जरुरी छ ।
नेपालको संविधानमा समाजवादउन्मुख संविधान निर्माणको निन्ति लड्ने पार्टी नेमकिपा नै हो । समाजवादको नारा फलाकेर साम्राज्यवाद र त्यसका ज्यावलहरू, बहुराष्ट्रिय कम्पनीहरू, एनजीओ र आइएनजीओ आदिको सेवा गरिरहेको विदेशी पुँजीका दलालहरूलाई उदाङ्ग्याउने कार्यमा नेमकिपा पछि परेको छैन । यसरी नेपकिपाले राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको छ । प्यालेस्टिनमा अमेरिका–इजरायलले गरेको जातीय सफाया र भूमि कब्जा एवम् युक्रेनमा चालु अमेरिकाको छद्म युद्धको विरोधमा भएको जनप्रदर्शन पनि अन्तर्राष्ट्रिय कर्तव्यभित्र पर्छ । यसकारण, नेमकिपा अन्तर्राष्ट्रवादी कम्युनिस्ट पार्टी हो । अन्तर्राष्ट्रवादी पार्टी नेमकिपाको आठौँ अधिवेशनको समुद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले एक विशेष समारोहबिच गर्नुहुनेछ । नेमकिपाको यो आठौँ अधिवेशनको गरिमामय उद्घाटन सभा सफल पार्न, उद्घाटन ¥याली र उद्घाटन सत्रमा व्यापक जनसहभागिता जुटाउनु आवश्यक छ । महाधिवेशन सफल पार्न पार्टी नेता, कार्यकर्ता, जनप्रतिनिधि, मजदुर, किसान, विद्यार्थी, युवा, शिक्षक, महिला, प्राध्यापक, बुद्धिजीवी, उद्योगी, व्यापारी, इन्जिनियर, चिकित्सक, नर्स, साहित्यकार, कलाकार, सञ्चारकर्मी, कर्मचारी, शुभचिन्तक, समर्थक तथा विभिन्न पेसामा आबद्ध व्यक्ति र समाजसेवीको उपस्थिति जरुरी छ ।
माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शकको रूपमा मान्ने एमालेजस्ता दलका नेताहरू निर्वाचनबाटै समाजवाद स्थापना हुन्छ, समाज सुधारबाटै या बिनासङ्घर्ष समाजवाद स्थापना हुन्छ भन्ने मान्यता राख्छन् । पुँजीवादी व्यवस्थामा शान्तिपूर्ण तरिकाले समाजवादी व्यवस्था स्थापना हुन्छ भन्ने विचार अघि सार्नुको अर्थ क्रान्तिकारी बाटो छोड्नु हो† माक्र्सवादी–लेनिनवादी विचार छोड्नु हो । माक्र्सवादी–लेनिनवादी विचार छोड्नेहरू, वर्गसङ्घर्षको बाटो छोड्नेहरू के सच्चा कम्युनिस्ट हुन्छन् ? अतः सच्चा कम्युनिस्ट पार्टीको बाटोमा निरन्तर अघि बढिरहेको नेमकिपाको विचार आत्मसात गरौँ† महाधिवेशनमा सहभागी भई कार्यक्रम सफल पारौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *