नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
मजदुर !
हत्केलाभरि ठेला उठेर
घाउ घाउ भएका
आँखाभरि धुवाँ बोकेर
दुःखकष्ट भोगिरहेका ज्यामी
बिहानीको सूर्य भई
बादल हटाई उज्यालो पार्ने
इलम, सीप, श्रमको दक्षता लिएर
परिवर्तनशील समाजमा प्रदर्शन गर्ने
आफ्नै पौरखले स्वाभिमानी भएर कदम चाल्ने
शोषण दासताको विरोध गरिरहने
युगान्तकारी परिवर्तनको लागि
आफ्नो जीवन अर्पण गर्ने कामदार
एक एक मजदुरको एकताले
फेरिन्छ देश र जनताका मुहार
मर्का, असन्तुष्टि र अभावहरूको
तपस्या सपना पूरा गर्न अघि बढिरहेको मजदुर ।
किसान !
पिठ्युँमा नोलको दाग पारेर
सधैँ परिश्रम गरिरहने
चुँडालेर मासु खसालेर आँसु
किसानले खन्छन् खेत
कुटो, कोदालो, हँसियाको पसिना
प्रत्येक खेतीपातीको श्रमको मोती दाना
चुसाहाहरूले चुसिराखेको
रगत पसिना फिर्ता लिन विद्रोह गरिरहने
मरी मरी बाँचिरहेका श्रमिकहरू
माटोमा लडिबुडी मेहनत गरेर
पाखा, पर्वत चढेर कष्ट भोगिरहेकाहरूको
एक एक झुपडीबाट उठेको दर्दको आवाजले
अनि निमुखा जनताको मुक्तिको लागि
परिवर्तनको आह्वान गरेर
मुटुभरि आगो ओठभरि ज्वाला बोकेर
यो जनयुगमा अगाडि बढिरहेका किसान ।
Leave a Reply