भर्खरै :

अधिवेशन आठौँ

अधिवेशन आठौँ

मजदुर किसानको राष्ट्रिय अधिवेशन आठौँ
समाजवादी व्यवहार र आचरणमा जुटौँ

जन्मदेखि मृत्युसम्म राज्यले लिनुपर्ने दायित्व
निःस्वार्थ सेवाको भावना आफ्नो उत्तरदायित्व

अधिवेशनमा हुनेछ विश्वविद्यालयको कक्षा
नीति निर्माणमा सक्षम युवाबाट देशको रक्षा

कहिल्यै रुमलिँदैन आफ्नो शक्तिको प्रदर्शन
जनताबिच विचार र सिद्धान्तको मन्थन

बृहत् राजनीतिक कक्षासहितको मार्गनिर्देश
सधैँ एक्लो तारा बृहस्पतिझैँ दिशानिर्देश

साम्यवादमा पुग्ने मजदुर किसानको लक्ष्य
देश र जनताको सेवा नै आफ्नो कर्तव्य

देश र जनताको लागि प्रेरणासहितको हौसला
भ्रष्ट र अपराधीलाई लगाउँछ सरकार दोसला

सीमा अतिक्रमण र राष्ट्रघाती सम्झौतामा सङ्घर्ष
जनतालाई राजनीतिकरूपमा सचेत तुल्याउने उत्कर्ष

साना र कमजोर राष्ट्रको सम्पदा कब्जामा विरोध
राष्ट्रियतामा आँच आउँदा खम्बाझैँ सधैँसधैँ अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *