भर्खरै :

शिवरात्री, सरकार र सुरक्षा

चाणक्यले फकिर, व्यापारी, सुन्दरी (विष कन्या), बुद्धिजीवी आदिलाई गुप्तचरको रुपमा प्रयोगबारे बताएका थिए भने बेलायती साम्राज्यवादले भारत र नेपालमा समेत धर्म प्रचारक, व्यापारी, सुन्दरी (पत्रकार), बुद्धिजीवी आदिलाई आफ्नो गुप्तचर बनाएका थिए । बेलायती साम्राज्यवादले सीमाको भन्सार र सीमा सुरक्षा बल अर्थात् सेना, प्रहरी, गुप्तचरलाई समेत हात लिंदै काठमाडौंका शासकहरूसम्म आफ्ना दलालहरू स्थापित गरेका थिए, समयले विस्तारै त्यस्ता व्यक्ति र परिवारबारे खुल्दै गएका छन् र खुल्दै जानेछन् ।
वर्तमान नेपालमा पनि एकातिर प्रशासनका हरेक तहमा विदेशी दलालहरूको पहुँच भएकोबारे बारम्बार चर्चा चल्दैछ भने राजनैतिक दलमा समेत तलदेखि माथिल्लो तहसम्म तिनीहरूको पहुँच छ । नेता र प्रधानमन्त्रीका विश्वासिला व्यक्ति (मन्त्री) वा श्रीमती समेत विदेशी प्रभावमा परेको चर्चाको विषय बन्दैछ । देश र जनताप्रति बोलीले मात्रै समर्पित नेताहरूकै कारण हाम्रो देश विदेशी खेलको मैदान हुँदैछ । कुन नेतालाई कुन देशको राजदूत वा पक्षबाट विवाह गरी दिएका हुन् भन्नेबारे समेत जनताले हिसाब राख्छन् । त्यस्तै कुन नेता वा मन्त्रीको पत्नी कुन देशकी महिला हुन् र उनका अभिभावक त्यस देशको कुन पद र पक्षका हुन् भन्नेबारे पनि चनाखो हुनुपर्ने जनतामा चर्चा चलेको छ ।
हो त जनताको आँखा दूरबीनसरह हुन्छ । अहिले प्रदेशसभाका सांसदहरू र मुख्यमन्त्रीहरूको चर्चाले समाचार पत्रहरू भरेका छन् । तर ती सांसद र मुख्यमन्त्रीहरू कुन दलको मात्रै होइन कुन कुन विदेशी गैरसरकारी संस्था र व्यापारिक समूहसँग सम्बन्धित छन् भन्नेबारे पनि चर्चा ढिलो वा चाँडो हुनेछ । तराईमा के नेका, के एमाले वा के ‘माओवादी केन्द्र’ आदिका स्थानीय तह, संसद र प्रदेशसभाको निर्वाचनमा भारतकै व्यापारीहरूको उपहारहरूलाई निर्वाचनमा प्रयोग गरे भने भारतीय नम्बर प्लेटका गाडीहरू निर्वाध रुपले प्रयोग गरे ।  ती गाडीका कम्पनीकै गाडीहरू अहिले काठमाडौं उपत्यकाका सडकहरू अवरुद्ध (जाम) हुँदा देखिन्छन् ।
गैरकानुनी र निर्वाचन आचारसंहिता विपरीत व्यवहार गर्ने स्थानीय तहका प्रतिनिधि, सांसद र प्रादेशिक प्रतिनिधि र मुख्य मन्त्रीहरूबारे निर्वाचन आयोग र गृहमन्त्रालय सचेत हुनैपर्छ । २९ माघ २०७४ को नागरिक (काष्ठमण्डप) को एक शीर्षक थियो –‘पढाई खर्च जुटाउन जोगीको भेष ।’
२९ माघको अन्नपूर्णले लेखयो –‘महाशिवरात्री पर्वमा ‘चारहजार जोगी, १२ लाख दर्शनार्थी ।’ २९ माघकै नागरिकले भारतको उत्तर प्रदेशको १० कक्षा र १२ कक्षाको परीक्षामा नक्कल गर्न रोक लगाउन सीसीटीभी क्यामेरा प्रयोग गर्दा १० लाख विद्यार्थीहरूले परीक्षा छोडे । हाम्रा नेपाली राजनैतिक दलका स्थानीय नेता र कार्यकर्ताहरू पनि निर्वाचनमा सहयोग लिन र मत दिलाउन परीक्षामा नक्कल गर्न वा ‘चिट’ चोर्न सहयोग गर्ने वचन दिने गरेको र अनेक अनियमितताका चित्रहरू पनि समाचारपत्रहरूमा छापेका थिए ।
भारतको उत्तर प्रदेशको यस घटनाले हाम्रा नेता र कार्यकर्ताको ध्यान जाने विश्वास गरिन्छ । वर्तमान सरकार, एमाले–माओवादी केन्द्रको गठबन्धन र नयाँ सरकारको गठनबारे चर्चा चलेकै बेला २९ माघको अन्नपूर्णको विचार कोलममा लेख्यो –‘गठबन्धन एकताका अप्ठेरा, अधिनायकवादी वा समतावादी दुवै नरहेपछि एमाले र माओवादी केन्द्र कुनै अर्थमा पनि कम्युनिष्ट होइनन् ।’
कम्युनिष्टको एक अर्थमा ‘समानतावादी’ हुन् तर अधिनायकवादी होइन । अन्य विषयमा एमाले र माओवादी केन्द्रले उत्तरमा आ–आफ्नो मुख खोल्नेछन् भन्ने हाम्रो विश्वास छ ।
श्रमिक साप्ताहिक फागुन १ को सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *