भर्खरै :

सी चिनफिङद्वारा देशभरका विभिन्न जाति र क्षेत्रका महिलालाई शुभकामना व्यक्त

सी चिनफिङद्वारा देशभरका विभिन्न जाति र क्षेत्रका महिलालाई शुभकामना व्यक्त

पेइचिङ, २२ फागुन । मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको तर्फबाट दुई राष्ट्रिय अधिवेशनमा सहभागी महिला प्रतिनिधि, महिला सदस्य, महिला कर्मचारी, देशभरका विभिन्न जाति र क्षेत्रका महिला, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान क्षेत्रका महिला देशबन्धु तथा विदेशमा रहेका महिला प्रवासीहरूलाई हार्दिक शुभकामना तथा शुभेच्छा व्यक्त गर्नुभएको छ ।
मार्च ६ मा दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको १४ औँ राष्ट्रिय समितिको तेस्रो अधिवेशनमा सहभागी चाइना डेमोक्रेटिक लिग, चाइना एसोसिएसन फोर प्रोमोटिङ डेमोक्रेसी र शैक्षिक क्षेत्रका सदस्यहरूसँग भेटघाट गर्नुभएको छ । उहाँले सङ्गठित टोलीको बैठकमा सहभागी हुँदै राय–सुझावको पनि सुनुवाइ गर्नुभएको छ ।
सी चिनफिङ १४ औँ राष्ट्रिय जनकाङ्ग्रेसको तेस्रो अधिवेशनअन्तर्गत च्याङ सु प्रान्तीय प्रतिनिधिमण्डलको लेखाजोखा कार्यक्रममा सहभागी हुनुभएको छ । त्यस अवसरमा उहाँले १४ औँ पञ्चवर्षीय योजनाको विकास लक्ष्यलाई साकार तुल्याउनको लागि आर्थिक प्रान्तले महत्वपूर्ण कर्तव्य बहन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् केन्द्रीय कार्यालयका प्रमुख छाइ छी पनि सो लेखाजोखा कार्यक्रममा सहभागी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *