यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २२ फागुन । सेकरिड् हट् एकेडेमीको २२ औँ अभिभावक दिवस, वार्षिक पुरस्कार वितरण एवम् सांस्कृतिक कार्यक्रम नगर उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख जोशीले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भने मूल नारालाई आत्मसात गरी भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा विशेष जोड दिई कार्य गरिरहेको बताउनुभयो ।
समाजवादउन्मुख संविधानअनुसार समाजवादको आधारशिला तयार गर्ने काम भक्तपुर नगरपालिकाले गरिरहेको उल्लेख गर्दै उहाँले शिशुस्याहारदेखि विश्वविद्यालयसम्म सञ्चालन गर्ने योजनासहित भक्तपुर नगरपालिका अगाडि बढिरहेको छ भन्नुभयो ।
उपप्रमुख जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाई युवा विदेश पलायन रोक्न सीपमूलक तालिम गरी आफ्नै देशमा रोजगारको लागि प्रोत्साहन गरिरहेको बताउनुभयो । वडाध्यक्ष उपेन्द्र सुवालले राजनीति राम्रो भएमात्र सबै क्षेत्र राम्रो हुने धारणा राख्दै राजनीतिको उद्देश्य निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने उद्देश्यले हुनुपर्ने बताउनुभयो ।
विद्यार्थीहरूलाई राजनीतिबारे जानकार गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शासक पार्टीहरूको गलत गतिविधिकै कारण राजनीतिप्रति सर्वसाधारणको वितृष्णा भएको बताउनुभयो ।
गपली टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक सङ्घ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरू अन्तरनिहित प्रतिभाहरू प्रस्फुटन गर्ने वातावरण विद्यालयमा दिनुपर्ने बताउनुभयो ।
अभिभावक–शिक्षकको राम्रो सम्बन्ध भएमा बालबालिकाको भविष्यमा सकारात्मक प्रभाव पर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल श्रीराम सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सानुमैया अमात्य, डा.विनोद डंगाल, विकासदेव लामा, एन. प्याब्सनका सञ्जय खड्का, शिक्षिका अनिशा तामाङ, विद्यार्थी सुप्रिना लामा, मानिका तामाङलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले एसईई २०७९ र २०८० का विद्यार्थी एवम् शिक्षकहरूलाई सम्मान गर्नुभएको थियो ।
Leave a Reply