झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ८, २०८३
कैलाली, २४ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विश्वका क्रान्तिकारी महिलाहरू पुस्तकको अध्ययन गोष्ठी तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले सन् १८३० मा दासताविरूद्ध अमेरिकी महिलाहरूको सङ्गठित आन्दोलनसँगै नारी मुक्ति आन्दोलन सुरू भएको बताउनुभयो ।
सन् १९१० मा भएको दोस्रो अन्तर्राष्ट्रिय सभामा प्रभावशाली महिला योद्धा क्लारा जेट्किनले हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव स्वीकृत भएअनुसार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु भएको उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घ कैलाली अध्यक्ष गुप्तबहादुर शाहीले श्रमिक महिला दिवस मनाउनुका कारणहरूबारे चर्चा गर्दै कामदार महिलावर्गको मुक्तिको रूपमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरेको बताउनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ कैलाली उपाध्यक्ष रत्नादेवी रावल, नेक्रायुसङ्घ कैलाली अध्यक्ष प्रेम सिजापति, गगनबहादुर थापा, जानकी शाही, हरिकला रावल, देवी अधिकारी, जानकी सिजापति, सुनिता भण्डारा, दुर्गा चलाउने, कमला कठायत, निर्मला विष्टलगायतले बोल्नुभएको थियो ।
Leave a Reply