के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौँ, २४ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ वागीश्वरी मा.वि. एकाइ समितिको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शिक्षक प्रवचन कार्यक्रम गरी शनिबार मनाइयो ।
सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले उहाँले श्रमिक महिलाको वास्तविक मुक्ति वर्गीय चेतनासहितको श्रमिक एकता र आन्दोलनबाट मात्र हुने विचार व्यक्त गर्नुभयो ।
शिक्षक शिक्षिकाहरूले आफूलाई जागिरे कर्मचारीको रूपमा मात्र नहेरी विद्यार्थी–अभिभावकहरूलाई समाजमा व्याप्त अन्य अत्याचारको विरूद्ध समाजवादी विचार प्रवाह गर्ने चेतना स्रोतको रूपमा रहन आग्रह गर्दै उहाँले व्यक्तिवादी प्रवृत्तिले समाज उँभो नलाग्ने हुँदा सचेतपूर्वक सङ्गठित हुन पनि जोड दिनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले हालै प्रम केपी ओलीले शिक्षकहरूलाई ‘५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण गर्नेहरू’ भन्दै गरेको अपमानजक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै प्रधानमन्त्री कार्यालयको कार्य सम्पादन मूल्याङ्कनमा २८ प्रतिशत मात्र ल्याएको स्मरण गर्दै भन्नुभयो, “एसईई २०८० मा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुमा सरकार मुख्य दोषी हो, किनभने उसले विद्यालयलाई आवश्यक विषयगत शिक्षक दरबन्दी नै दिएको छैन ।”
महिला सङ्घका केन्द्रीय सदस्य एवं शिक्षिका पवित्राकुमारी शाहीले सरकारले पूर्वप्रावि तहका शिक्षिकाहरूलाई शिक्षकको दर्जासम्म नदिएकोमा आपत्ति जनाउँदै ईसीडी शिक्षकहरूलाई मानवोचित पारिश्रमिक पनि प्रदान नगरिएकोमा खेद व्यक्त गर्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष रामलक्ष्मी कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षिकाहरू मुना तामाङ, सीता कार्की, श्रीया पहिजुले बोल्नुभएको थियो ।
Leave a Reply