‘जेनजी आन्दोलन शासक दलहरूप्रति चरम असन्तुष्टिको परिणाम हो’
- आश्विन १२, २०८२
भक्तपुर, २४ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको सन्देश एवं धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाको स्वार्थ भनेको देश र जनताको सेवाबाहेक अरू केही नभएको स्पष्ट पार्दै समाजवाद नआएसम्म जनताले दुःख पाइरहने भएकोले पुँजीवादविरुद्ध सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनैतिक स्थितिबारे प्रशिक्षण दिँदै साम्राज्यवादी देशले युद्धलाई भड्काएर छद्मयुद्ध गरी नरसंहार गरिरहेकोमा विरोध एवं भत्र्सना गर्नुभयो ।
उहाँले अमेरिकी नेतृत्वको सैन्य मोर्चा नाटोको विस्तार विश्वकै लागि खतरा हुने भएकोले त्यसको विरोध गर्नुपर्ने उल्लेख गर्दै ब्रिक्स, बीआरआईबारे गहन अध्ययन र छलफल गर्नुपर्ने बताउनुभयो ।
सचिव सुवालले कम्युनिस्टहरू निःस्वार्थी र निडर हुनुपर्नेमा जोड दिँदै स्वार्थीहरू कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । कम्युनिस्ट नामधारीहरू सरकारमा गएर जनताको हितमा केही गर्न नसकेको उल्लेख गर्नुभयो ।
उहाँले कार्यकर्ताहरूले आलोचना र आत्मआलोचनालाई आत्मसात गर्नुपर्ने बताउँदै संसारमा एक दिन काम गरी खाने वर्गको हातमा राज्य सत्ता हुने विश्वास दिलाउनुभयो ।
अमेरिकी साम्राज्यवादको गिद्धेदृष्टि भनेको संसारमा युद्ध गराएर त्यहाँको प्राकृतिक स्रोत साधनमा कब्जा गर्ने हो भन्दै उहाँले युक्रेनको खनिज र अरबको तेलमा दाबी गर्नु यसैको शिलशिला हो भन्नुभयो ।
उहाँले महाधिवेशन सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवादज्ञापन गर्दै कार्यकर्ताहरूको राजनीतिक स्तर वृद्धि गर्न पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया कार्यक्रम गरिरहनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जीपी लासिवाले देश र जनताको हितमा आवाज नउठाउने, देश र जनतालाई नोक्सान हुने सन्धि सम्झौताको विरोध नगर्ने पार्टीलाई नयाँ आउने धिक्कार्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीले निःस्वार्थरूपमा देश र जनताको सेवा गर्दै आएको हुँदा विरोधीहरूले षड्यन्त्र गर्नेबारे कार्यकर्ताहरू सचेत हुनुपर्ने बताउँदै उहाँले नेपालमा कम्युनिस्ट दाबी गरी पुँजीवादी सरकारमा गएका संसदवादी दलहरू बर्नस्टिनको बाटोमा गएको तर नेमकिपा क्रान्तिकारी संसद्लाई उपयोग गर्ने पार्टी हो भन्नुभयो ।
वडाध्यक्ष हरिप्रसाद बासुकलाले कार्यकर्ताहरूले अध्ययनमा जोड दिनुपर्ने र देश र जनताको सेवामा थप क्रियाशील हुनुपर्ने आठौँ महाधिवेशनको सन्देश भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका सदस्य गंगाराम ज्याख्वले नेपाल मजदुर किसान पार्टीको इतिहास र किसान सङ्घर्षबारे बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी २ वडा समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेशप्रसाद सुवालले महाधिवेशनमा पारित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तावबारे बताउनुभयो ।
कार्यक्रममा सूर्यनारायण फाँजु र अजय लघुले पनि आठौँ महाधिवेशनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply