४६ औँ नेपालभाषा साहित्य तःमुंज्याको अपिल !
- भाद्र २५, २०८३
प्रथम प्रहरको समय चलिरहेको थियो । वडा कार्यालयमा अलि सेवाग्राहीहरूको भिड थियो । म समयमै वडा कार्यालयमा पुगेर वडावासीहरूसँग छलफलमा व्यस्त थिएँ । त्यही समयमा केही महिलाहरू वडा कार्यालयमा प्रवेश गरे । वडामा राखिएको सोफामा सेवाग्राही नअटेर कार्यालय बाहिर राखिएको मेचमा तिनीहरुमध्ये केही बसे । मैले सबैलाई मिलेर बस्न अनुरोध गरँे । ती महिलाहरू डेलिगेसन आएको होला भनी अनुमान गरेर मैले केही बेर कुर्नको लागि अनुरोध गरेँ । केही समयपछि ती महिलाहरूसँग कुराकानी सुरू गरेँ । मैले सुरूमै भनेँ, “तपार्इँँहरू डेलिगेसन आउनुभएको जस्तो लाग्यो । के समस्या लिएर आउनुभएको होला, भन्नुस् ?”
त्यसपछि एक जना महिलाले भनिन्, “हामी एउटा बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालन समितिका सदस्यहरू हौँ । मेरो नाम शोभा सुवाल (परिवर्तित नाम) हो । म यस सहकारीको अध्यक्ष हुँ । अहिले म काम विशेषले उपत्यका बाहिर बस्दै आएकी छु । सहकारी साथीहरूले चलाएका छन् । उहाँहरू सञ्चालक समितिका सदस्यहरू हुनुहुन्छ । एक जना कर्मचारी पनि आउनुभएको छ । सहकारीमा अहिले धेरै समस्या आएको कुरा तपार्इँलाई पनि थाहा छ । तर हाम्रोजस्तो सानो सहकारीमा अहिले धेरै समस्या आएको झनै खतरा रहेछ । हाम्रो सहकारीका संस्थापक कोषाध्यक्ष र हाल पनि सञ्चालक समितिका कोषाध्यक्ष शुभद्रा सुवालले यस संस्थाबाट छ लाख ऋण लानुभएको छ । त्यो पनि बिनाधितो ऋण दिएका थियौँ । संस्थापक कोषाध्यक्ष भएकोले हामीले विश्वासको आधारमा बिनाधितो ऋण दियौँ । तर अहिले सावाँ त के ब्याज पनि तिर्न आउनुभएन र उहाँ सहकारीको सम्पर्कबाट बाहिर जानुभयो । घरमा कति पटक गएँ । चिठी पनि धेरै काटियो । फोन पनि कहिल्यै रिसिभ गर्दैन । के गर्ने होला सर ? हाम्रो सहकारीको संस्थापक कोषाध्यक्ष तपार्इँँको वडाको वडावासी भएकोले एक पटक वडामा बोलाएर कुरा गर्न सकिएला कि भनेर सहयोग माग्न आएका हौँ । हुन त यो हाम्रो सहकारी तपार्इँँको वडामा पर्दैन । तर, पनि हामी तपार्इँँसँग आशा गरेर आएका हौँ । एउटा लिखित निवेदन पनि लिएर आएका छौँ ।”
चिठी मैले हातमा लिएँ र अध्ययन गरँे । संस्थापक कोषाध्यक्ष शुभद्रा सुवालले पटक पटक गरेर दुई जनाको नाममा चार लाख सावाँ र हालसम्मको ब्याजसमेत गरी छ लाख तिर्नुपर्छ र सोको लागि वडाले आवश्यक पहल गरिदिनु भनी निवेदन ल्याएको रहेछ । मैले अध्यक्ष बहिनीलाई भनँे, “तपार्इँले शुभद्रा सुवाललाई राम्ररी चिन्नुभएन जस्तो छ । मेरो वडावासी भएकोले म राम्रोसँग चिन्दछु । उसले तपार्इँको सहकारीको पैसा तिर्दैन । उसलाई वडामा बोलाउँदा पनि आउँदैन । मलाई उसको स्वभावबारे राम्रोसँग जानकारी छ । तपार्इँहरूले गलत मान्छेलाई बिनाधितो त्यत्रो पैसा दिन नहुने थियो । तपार्इँको सहकारीको पनि गल्ती देखिन्छ । गलत मान्छेलाई सहकारीमा कसरी संस्थापक बनाउनुभयो ? त्यस आईमाईले सजिलै कुनै पनि हालतमा पैसा दिँदैन । वडाध्यक्षले अनुरोध गरेको भरमा ऋण चुक्ता गर्ने खालको महिला पनि होइन । त्यस महिलाबाट पैसा फिर्ता लिन उसको सिफारिस नरोकिकन दिँदैन । त्यस आईमाई अस्तिमात्र वडामा घर बेच्नको लागि घरबाटो सिफारिस लिन आएकी थिइन् । अर्को छोरा पनि आएका थिए । आमा छोरा दुवै धेरै चलाक छन् । त्यस घर बाटोको सिफारिस नरोकी उनीहरुले पैसा दिँदैनन् । कमसेकम त्यो घर बेचेपछि त तपार्इँको सहकारीको पैसा तिरिदिनुप¥यो नि ! अनि यस वडाको एउटा सहकारीले पनि उसको विरुद्ध दस लाख जति ऋण लिएको छ भनी लिखित उजुरी आएको छ । त्यो पनि तिराउनुपर्दछ । म अहिले एकपटक कल गरेर बोलाउँछु ।”
मैले शुभद्रा सुवाललाई कल गरेँ । उहाँले तुरून्तै आउने खबर दिनुभयो । हामी सबै उहाँको प्रतिक्षामा बस्यौँ । करिब एक घण्टासम्म बस्योँ । तर, उहाँ आउनुभएन । फेरि कल गरेँ । उहाँले अहिले नै आउँछु भन्नुभयो । तर, वडा कार्यालयमा आउनुभएन । एक घण्टापछि मैले फेरि उहाँको मोबाइलमा कल गरेँ । उहाँले आफू काठमाडौँमा काम विशेषले गएको हुँदा आज आउन नसकिने र भोलिपल्ट एघार बजे वडामा आउँछु भनी जवाफ दिनुभयो । त्यसपछि भोलि आउन मैले सबै महिलाहरूलाई जानकारी दिएँ । उहाँहरू वडाबाट बिदा हुनुभयो ।
भोलिपल्ट म समयमै वडा कार्यालय पुगँे । सहकारीका सञ्चालक समितिका महिला बहिनीहरू समयमै आइपुगिन् । तर, सम्बन्धित मान्छे आइपुगेन । मैले कल गरेँ । उहाँले कल रिसिभ गर्नुभएन । त्यसपछि हामी सबै निराश भयौँ । कार्यालय सहयोगीलाई घरमै बोलाउन पठायौँ । शुभद्रा सुवालको घर वडा कार्यालय नजिकको टोलमै थियो । तर, घरमा पनि नभएको कार्यालय सहयोगीले जानकारी दिनुभयो । त्यसपछि म वडामा आएका अरू सेवाग्राहीहरूसँग छलफलमा व्यस्त भएँ । उनीहरू वडा कार्यालयमै बसेर आपसमा छलफल गर्न थाले । करिब दुई घण्टा जति कुरेर बसेपछि मैले पुनः शुभद्रा सुवाललाई कल गरेँ । उहाँले कल रिसिभ गर्नुभयो । मैले उहाँलाई भनँे, “तपार्इँ त बोलीको जवान नभएको मान्छे पो हुनुहुन्छ । तपार्इँसँग इमानजमान पनि छैन कि के हो ? वचन दिएपछि पालना गर्नुपर्छ भन्ने संस्कार रहेनछ । तपार्इँले आज ११ बजे वडामा आउँछु भन्नुभएकोले हामी सबै जम्मा भएका छौँ । तर, तपार्इँ फोनसमेत रिसिभ गर्नुहुन्न । तपार्इँको बचन कहाँ गयो ? तपार्इँलाई यहाँ कुरेर बस्ने बा¥ह जना छन् । अनि तपार्इँ बेपत्ता हुने हो ? उसले नै दिएको समयमा हामी सबै जम्मा भएका थियौँ ।
प्रतिउत्तरमा शुभद्रा सुवालले भन्नुभयो, “होइन सर, काम विशेषले आज पनि म बाहिर नै छु । समयमै जानकारी दिन सकिएन । आज कुरेर नबस्नुस्, भोलिपर्सि आउँछु । आजकल मेरो फुर्सत छैन ।” उहाँले गैरजिम्मेवारीपूर्वक जवाफ दिनुभयो । अरू बहिनीहरू पनि रिसाए । मैले फोन राखिदिएँ । अनि सबै बहिनीलाई बिदावारी हुन अनुरोध गरँे । उनीहरू वडाबाट बिदावारी भए ।
ती बहिनीहरू गएको करिब एक घण्टापछि एक जना भाइ वडामा आए । उनी घर बाटोको सिफारिस लिन आएका रहेछन् । त्यस भाइलाई म राम्ररी चिन्दथँे । मैले निवेदन हेरेँ । त्यो भाइ शुभद्रा सुवालकै छोरा थिए । अनि शुभद्रा सुवालले नै घर बाटो लिन पठाएको रहेछ । अघिसम्म व्यस्त मान्छे अहिले सिफारिस लिन पठाएको देख्दा मलाई अचम्म लाग्यो । मैले आमालाई वडामा बोलाउन अनुरोध गरेँ । निवेदक नभई सिफारिस दिन नमिल्ने बताएपछि पाँच मिनेटभित्र शुभद्रा सुवाल आउनुभयो ।
आमा छोरासँगै वडा कार्यालयको सोफामा बसे । उहाँमा कुनै पछुतो र गल्ती भएको महसुस थिएन । उहाँले भन्नुभयो, “होइन वडाध्यक्षज्यू, घर बाटोको सिफारिस लिन किन नामवाला व्यक्ति नै चाहिने हो ? मेरो छोरा पनि नामवाला नै हो । सरोकारवाला व्यक्ति हो । तपार्इँले यसरी म व्यस्त मान्छेलाई वडामा बोलाउन पाइन्छ र ? यस्तो सामान्य सिफारिस लिनको लागि पनि यत्ति धेरै दुःख दिन मिल्दैन ?”
मैले प्रतिउत्तरमा भनेँ, “तपार्इँले सिफारिस मागेको कित्ता जग्गा र त्यसमा बन्न लागेको घरमा तीन वटा उजुरी दर्ता भएको छ । त्यसैले तपार्इँलाई सिफारिस दिन मिल्दैन । अघिसम्म तपार्इँ व्यस्त हुनुहुन्थ्यो । अब सिफारिस चाहिने भएपछि त फुर्सद मिलाउनै प¥यो नि । भोलि मात्र कुरा गरौँ ! मेरो पनि अहिले नगरपालिकामा बैठक छ । त्यसैले तपार्इँ भोलि मात्र आउनुस् । यसको विषयमा उजुरी दर्ता गरिएको छ । उजुरीको बारेमा भोलि जानकारी गराउँला नि ।”
उहाँले फेरि भन्नुभयो, “होइन मेरो पतिले मलाई दिएको पुख्र्यौली जग्गा र त्यसमा बनेको घरमा कसले उजुरी गरेको छ ? अहिले नै देखाउनुस् सर । भोलि झनै मेरो भ्याउँदैन ।”
मैले तीन वटै उजुरीको निवेदन शुभद्रा सुवाललाई देखाएँ । अघि आएका महिलाहरूको सहकारीको निवेदन, टोलकै अर्को सहकारीमा त्यही जग्गा र घर धितो राखेको, समयमै नतिरेको हुँदा त्यस सहकारीको पनि उजुरी निवेदन, उसकै देवरले आधा सम्पत्ति दाबीका साथ पेस गरेको निवेदन र अदालतको पत्र देखाएँ । त्यसपछि उहाँको अनुहार रातो–पिरो देखियो । छोराले त बोल्ने आँट नै गरेन । मैले छोटोमा भनँे, “यो जग्गा र यसमा बनेको घर धितो राखेर सहकारीबाट पैसा निकाल्ने अनि धितो फुकुवा गर्नु पर्दैन र ? सहकारीले तपार्इँलाई कालोसूचीमा राखेको छ । अनि अघि आउने बहिनीहरूको सहकारीमा तपार्इँ संस्थापक कोषाध्यक्ष हुनुहुँदो रहेछ । त्यसमा बिनाधितो छ लाख लिनुभएको छ । संस्थापकले त झनै सहकारीमा बेइमान गर्न मिल्दैन । त्यो छ लाख तिरेर आउनुस् । अनि देवरले आधी सम्पत्ति दाबी गरेर अदालतमा मुद्दा हाल्नुभएको छ । त्यो मुद्दा टुङ्ग्याएर आउनुस् । अनि एकै मिनेटमा सिफारिस गरिदिन्छु ।” मेरो छोटो कुरा सुनेपछि आमा र छोरा नाजवाफ भए । केही बेरसम्म आमा र छोराले बोल्ने आँट नै गरेनन् । केही बेरपछि हुन्छ सर भनी वडाबाट बिदावारी भए ।
करिब दुई महिनापछि शुभद्रा सुवालको छोरा पुन: मलाई भेट्न आए । उनको हातमा त्यही निवेदन थियो । मैले सिफारिस दिन नमिल्ने बताएँ । त्यसपछि मलाई सहकारीको कर्मचारीसँग कुरा गराउन खोजियो । मैले मोबाइमा त्यस बहिनीसँग कुराकानी गरेँ । दुई वटै सहकारीको दस लाख र छ लाख नतिरीकन र अदालतमा भएको मुद्दा नटुङ्गिकन सिफारिस दिन नमिल्ने जवाफ फर्काएँ । शुभद्रा सुवाल र छोराले सहकारीका कर्मचारीलाई ऋण चुक्ता गरिसकेको भनी सल्लाह मिलाएर त्यस भाइ वडामा आएका रहेछन् । मैले सिफारिस रोकेँ । भोलिपल्ट फेरि त्यस भाइ र अर्को एकजना मान्छे सिफारिस लिन आए । भोलिपल्ट सहकारीको कर्मचारीसमेत लिएर आए । त्यस कर्मचारीले पैसा तिरेको बिल देखाए । अनि अर्को सहकारीमा पनि धितो फुकुवा गरेको कागज देखाए । अदालतमा काकासँग मिलापत्र गरेको कागज पनि लिएर आए । त्यसपछि मैले तत्काल सिफारिसको लागि तोक लगाइदिएँ र सिफारिस दिएर पठाएँ । भोलिपल्ट मलाई दुबै सहकारीका अध्यक्षहरूले कल गरेर सहकारीको ऋण उठाउन सहयोग गरिदिएकोमा धन्यवाद दिए । सबै स्थानीय तहका जनप्रतिनिधिहरूले यसरी नै ऋणीहरूलाई कडाइ गर्न सकेको खण्डमा केही हदसम्म भए पनि बचतकर्ताको बचत फिर्ता गर्न सकिने जस्तो लाग्यो । मलाई केही हद भए पनि राहत मिलेको अनुभव भयो ।
Leave a Reply