भर्खरै :

तेक्वान्डोको १३ औँ राष्ट्रपति शिल्ड प्रतियोगिता २०८१ सम्पन्न

तेक्वान्डोको १३ औँ राष्ट्रपति शिल्ड प्रतियोगिता २०८१ सम्पन्न

भक्तपुर, २६ फागुन । १३ औँ राष्ट्रपति शिल्ड प्रतियोगिता २०८१ (तेक्वान्डो) हालै सम्पन्न भएको छ । प्रतियोगितामा विजयी खेलाडीहरूलाई भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, समितिकै कार्यालय प्रमुख कृष्णराज खनाल र कार्यक्रम संयोजक एवं भक्तपुर जिल्ला तेक्वान्डो सङ्घका अध्यक्ष श्याम तजलेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रम संयोजक तजलेका अनुसार प्रतियोगितामा ४५ केजी तौल समूहमा विराज बिक (भनपा) प्रथम, सन्देशकुमार शाह (मध्यपुर थिमि नपा) द्वितीय र रिकेश कार्की (भनपा) तथा नरबहादुर खड्का (मध्यपुर थिमी नपा) तृतीय भएका थिए ।
त्यस्तै, ४८ केजी तौल समूहमा पासाङ तामाङ (भनपा) प्रथम र कमलबहादुर समाल (मध्यपुर थिमि नपा) द्वितीय भएका थिए । ५१ केजी तौल समूहमा निमा रूम्बा (भनपा) प्रथम, अशिम मोक्तान (भनपा) द्वितीय र सुशान्त राई (मध्यपुर थिमि नपा) र रोशन बिक (मध्यपुर थिमि नपा) तृतीय भएका थिए ।
त्यस्तै, ५५ केजी तौल समूहमा लवाङ लामा (भनपा) प्रथम, अनिश कार्की (मध्यपुर थिमि नपा) द्वितीय र आयुष दोङ (भनपा) तृतीय भएका थिए । ५९ केजी तौल समूहमा सेदिप लिम्बु (भनपा) प्रथम, उज्ज्वल तामाङ (चानपा) द्वितीय र समीर अधिकारी (मध्यपुर थिमि नपा) तृतीय भएका थिए ।
त्यस्तै, एकल पुरूष पुम्सेमा लवसन थापा (वीरेन्द्र सैनिक आवासीय मावि) प्रथम, सबल श्रेष्ठ (वागीश्वरी मावि) द्वितीय र नविन सुवेदी (ग्लोबल लाइफ स्कूल) तथा जेनिस राजवाहक (बाल विकास सेकेन्डरी स्कूल) तृतीय भएका थिए ।
प्रतियोगितामा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको मात्र सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *