गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन : ओएचसीएचआर
- श्रावण ६, २०८३
भक्तपुर, ७ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा दुईदिने ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी बिहीबार एक विशेष समारोहबिच शुभारम्भ भयो । बी.ई. तथा बी.आर्क. अध्ययनरत विद्यार्थीहरू र ख्वप आर्किटेक्चरल स्टुडेन्ट्स एक्टिभिटी सर्कलको नेतृत्वमा आयोजित उक्त प्रदर्शनी साउन ७ र ८ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कलेज परिसरमा सञ्चालन गरिएको छ ।
प्रदर्शनीमा वास्तुकलाका थेसिस, इन्जिनियरिङका अन्तिम वर्षका परियोजनाहरू, डिजाइन स्टुडियोका कार्यहरू, अनुसन्धानमूलक सिर्जनाहरू, नवीन प्रविधिमा आधारित नमुनाहरू तथा विविध प्रदर्शनी स्टलहरू राखिएका छन् । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता तथा व्यावहारिक सीपलाई विद्यार्थी, प्राध्यापक, पेसागतविज्ञ तथा सर्वसाधारणसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख तथा ख्वप इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी जोशीले कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष मनाइरहेको उल्लेख गर्दै कलेज स्थापना गर्न गरिएको सङ्घर्ष र समर्पणको स्मरण गर्नुभयो । उहाँले सक्षम प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताउँदै त्यस उद्देश्यलाई सफल बनाउन अनुशासित, मेहनती तथा समर्पित शिक्षक–कर्मचारी र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
उहाँले पाठ्यक्रममा आधारित अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
उपप्रमुख जोशीले अन्तरविषयगत सहकार्यले विभिन्न विषयका विद्यार्थीहरूबिच सहकार्यको भावना विकास गर्नुका साथै कक्षाकोठामा आर्जित सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक जीवन तथा पेसामा रूपान्तरण गरी राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर सुजन माकले प्रदर्शनीमा प्रस्तुत विद्यार्थीहरूको सिर्जनशीलता, सीप, लगनशीलता तथा समर्पणप्रति प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीहरू विद्यार्थीहरूबिच ज्ञान, अनुभव र नवीन विचारहरूको आदानप्रदान हुने उत्कृष्ट पीयर–लर्निङ मञ्च भएको उल्लेख गर्दै यसले शिक्षालाई अझ जीवनोपयोगी, व्यवहारिक र मूल्यवान बनाउने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर सुनिल दुवालले यस्ता कार्यक्रमहरू विद्यार्थी जीवनका अविस्मरणीय अनुभव बन्ने उल्लेख गर्दै यस्ता गतिविधिहरूले कक्षाकोठामा हासिल गरिएको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न अवसर प्रदान गर्ने र सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य सुवेगमान बिजुक्छेँले कलेजले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र प्राविधिक दक्षतालाई उजागर गर्न निरन्तर अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
यसअघि आर्किटेक्टर विभाग प्रमुख आर्किटेक्ट अर्चना बाडे श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूमा नवप्रवर्तनको भावना विकास गर्नु, शैक्षिक सहकार्यलाई सुदृढ बनाउनु तथा उनीहरूले गरेका अध्ययन, अनुसन्धान र डिजाइन कार्यहरू समाजसमक्ष प्रस्तुत गर्न अवसर सिर्जना गर्नु रहेको बताउनुभयो ।
विभिन्न इन्जिनियरिङ तथा वास्तुकला विषयका विद्यार्थीहरूको सहभागितामा सम्पन्न भइरहेको ‘आरोहण – २ राष्ट्रिय प्रदर्शनी’ ले ज्ञान आदानप्रदान, अन्तरविषयगत सहकार्य तथा व्यावसायिक अन्तरक्रियालाई प्रवद्र्धन गर्नुका साथै ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी सर्वसाधारण, विद्यार्थी, शिक्षक, प्राध्यापक, अनुसन्धानकर्ता तथा पेसागत क्षेत्रका व्यक्तिहरूका लागि खुला रहनेछ । प्रदर्शनीमार्फत आगन्तुकहरूले विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट थेसिस, अनुसन्धान, डिजाइन तथा प्राविधिक परियोजनाहरू अवलोकन गर्न सक्नेछन् ।
Leave a Reply